Successfully Copied

कसरी देखिने विन्टरमा स्टाइलिस्ट

जाडोमा लगाइने पहिरन सामान्यतया बाक्ला, डार्क कलरका तथा हेबी वेटका हुने भएकाले यस्ता मेटेरियलमा कसरी आकर्षक लुक्स दिने भन्ने चिन्ता हुनु स्वाभाविक हो ।

                           फेसन डिजाइनर, लाजिमाज कलेक्सन बुटिक, नागपोखरी

    जाडोमा धेरैलाई ग्ल्यामरस र इस्टाइलिस्ट लुक्सका कारण चिन्ता हुन्छ ।

    जाडोमा लगाइने पहिरन सामान्यतया बाक्ला, डार्क कलरका तथा हेबी वेटका हुने भएकाले यस्ता मेटेरियलमा कसरी आकर्षक लुक्स दिने भन्ने चिन्ता हुनु स्वाभाविक हो ।

    पहिरनको उपयुक्त छनोटले जाडो मौसममा पनि आफ्नो आकर्षक लुक्स कायम राख्न सकिन्छ ।

    हिजोआज बजारमा भित्र फर भएका न्याना जिन्स उपलब्ध छन् जसले गर्दा भित्र छुट्टै ट्राउजर लगाइरहनुपर्ने झन्झट हुँदैन र त्यस्ता पहिरनले फिगरसेप पनि बिगार्दैनन् ।

    ऊलनका न्याना लेगिन्ससँग लङ बुटमा ओभरकोट लगाउँदा हाइट पनि राम्रो देखिन्छ भने बडी सेपसमेत आकर्षक देखिन्छ ।

    फरयुक्त जम्पर–ज्याकेटमा ब्लु वा डार्क ब्ल्याक कलरको जिन्स अनि क्लोज सु लगाउँदा व्यक्तित्व उँचो देखिन्छ ।

    विन्टर सिजनमा विभिन्न डिजाइन तथा रंगका ऊलन टोपी, पञ्जा, मफलर, स्कार्फ आदि एसेसरिजले पनि सुन्दरता वृद्धिमा महत्वपूर्ण भूमिका खेल्छन् ।

 Image