Successfully Copied

विद्यार्थीहरूसँग कस्तो व्यवहार गर्ने ?

 संस्कार र अनुशासन भएपछि अध्ययनमा केन्द्रित गराउने जिम्मा विद्यालयको हो ।  बालबालिकालाई लामो छुट्टीमा होमवर्कको भारी दिएर बढी तनाव दिनु हुँदैन । रमाइलो गरी पढ्ने वातावरण तयार पारिदिदिनुपर्छ ।

    सर्वप्रथम बालबालिकाहरूलाई संस्कार सिकाउन जरुरी छ ।

    संस्कार र अनुशासन भएपछि अध्ययनमा केन्द्रित गराउने जिम्मा विद्यालयको हो ।

    बालबालिकालाई लामो छुट्टीमा होमवर्कको भारी दिएर बढी तनाव दिनु हुँदैन । रमाइलो गरी पढ्ने वातावरण तयार पारिदिदिनुपर्छ ।

    पाठ्यक्रमका अतिरिक्त खेलकुद, नृत्य, गायन एवं संगीत आदि क्रियाकलापमा सहभागी गराउनुपर्छ ।

    विद्यार्थीको मनोबल बढाउन उनीहरूको भावना बुझेर सोहीअनुरूप पढाउनुपर्छ ।

    विद्यार्थीलाई त्रासमा राखेर होइन मायाले अध्ययनप्रति उत्प्रेरित गर्नुपर्छ ।

    विद्यार्थीहरूलाई पढाउँदा शिक्षक तथा अन्य समयमा उनीहरूको अभिभावक वा साथी बन्न सक्नुपर्छ ।

                                                           रञ्जना प्रधान, प्रिन्सिपल

                                                    नाइटिङ्गेल उच्च मा.वि., कुपन्डोल

 Image