Successfully Copied

गर्भवती महिला र स्वास्थ

गर्भको अन्तिम महिना तिर अलिअलि खुट्टा सुन्निनु सामान्य हो । यस्तो अवस्थामा रक्तचाप बढ्नु तथा पिसाबमा एल्बुमिन देखा पर्नु खतरनाक साबित हुन सक्छ । यस्तो किन भएको हो भन्दा पनि यस्तो अवस्थामा के गर्ने महत्वपुर्ण हुन्छ ।

म गर्भवती छु । मलाई अहिलेदेखि नै निकै गाह्रो अनुभव हुन थालेको छ । मेरा हात–खुट्टा सुन्निएका छन् । यस्तो के कारणले भएको हो र यसको समाधान कसरी गर्न सकिन्छ ?

                                                                                             - जी

 

तपाईंको गर्भ कति अवधिको हो, प्रश्नमा स्पष्ट छैन । तपाईंलाई कस्तो गार्‍हो भएको हो, त्यो पनि खुलाउनुभएको छैन । गर्भको अन्तिम महिना तिर अलिअलि खुट्टा सुन्निनु सामान्य हो । यस्तो अवस्थामा रक्तचाप बढ्नु तथा पिसाबमा एल्बुमिन देखा पर्नु खतरनाक साबित हुन सक्छ । यस्तो किन भएको हो भन्दा पनि यस्तो अवस्थामा के गर्ने महत्वपुर्ण हुन्छ ।

यदि तपाईंका खुट्टा सुन्निएका छन् भने तुरुन्त रक्तचाप (ब्लडप्रेसर) परीक्षण गराउनुपर्छ । रक्तचाप बढी छ भने नजिकको स्वास्थ्य संस्थामा गएर गर्भको परिक्षण गराउनु आवश्यक छ । रक्तचाप ठिक छ भने आत्तिनु पर्दैन, खुट्टालाई सिरानी लगाउने तथा झुन्ड्याउने काम नगर्दा पनि यो समस्या समाधान हुन्छ ।

                       

                                                                   स्त्री तथा प्रसूति रोग विशेषज्ञ,

                                                                      मोरङ सहकारी अस्पताल

 Image