Successfully Copied

केशको सुन्दरता बढाउने हेयर एसेसरिज

अविवाहित वा विवाहित हरेक महिलालाई हेयर डेकोर वा हेयर क्रिस्टल मनपर्छ । यी स–साना कलर्ड स्टोन तथा स्पार्कलबाट बनेका हुन्छन् । यिनमा स–साना फूल, स्टार पात एवं रंगीबिरंगी क्रिस्टल हुन्छन् । यी हरेक सेपमा अर्थात् गोलो, चौकरदेखि सबै आकार पाइन्छन् । यिनमा तलतिर

केश फूल

टिसु र साटनको कपडा, गोल्डेन र सिल्भर वर्क, कलर्ड क्रिस्टल स्टोन, मोती र सिताराबाट बनेको फूल जुरो, चुल्ठो तथा पोनी सबै किसिमका हेयर स्टायल राम्रा देखिन्छन् । यो फूललाई केशमा अड्काउन एउटा पिन लगाइएको हुन्छ । यो अनेक आकार तथा रंगमा उपलब्ध छ । यसलाई आफ्नो पहिरनसित म्याच गरी प्रयोग गर्न सकिन्छ ।

हेयर डेकोर वा हेयर स्क्रिटल

अविवाहित वा विवाहित हरेक महिलालाई हेयर डेकोर वा हेयर क्रिस्टल मनपर्छ । यी स–साना कलर्ड स्टोन तथा स्पार्कलबाट बनेका हुन्छन् ।

यिनमा स–साना फूल, स्टार पात एवं रंगीबिरंगी क्रिस्टल हुन्छन् । यी हरेक सेपमा अर्थात् गोलो, चौकरदेखि सबै आकार पाइन्छन् । यिनमा तलतिर टीकामा जस्तै टाँसिने पदार्थ हुन्छ । यसबाहेक यिनलाई ग्लु प्रयोग गरेर पनि टाँस्न सकिन्छ । टीकाजस्तै यो पनि प्याकमै उपलब्ध हुन्छ । एउटा प्याकमा दसदेखि बीस पिस हुन्छन् । यिनलाई आफ्नो इच्छानुसार खुल्ला केशमा वा कुनै हेयर स्टाइल बनाएर टाँस्न सकिन्छ । यो विशेष गरी राति बढी राम्रो देखिन्छ ।

चूडामणि

जुरो र चुल्ठोमा लगाउन विशेष गरी चूडामणि प्रयोग गरिन्छ । यो प्राय: गोल्डेन, सिल्भर वा कपर मेटलमा उपलब्ध हुन्छ । यसमा रंगीबिरंगी कलर्ड स्टोनमा डिजाइन तथा मीनाकारी हुन्छ । चुल्ठोमा लगाउन यसको डिजाइन हेडगिङमा पनि पाइन्छ ।

हेयर विड्स : केश खुल्ला राख्ने इच्छा छ भने खुल्ला केशसित सुहाउँदो पहिरनअनुकूल हेयर विड्स प्रयोग गर्न सकिन्छ । यो बजारमा हरेक रंगमा उपलब्ध हुन्छ । यो स्क्वायर तथा राउन्ड सेपमा आउँछ ।

क्लच : केश कर्ली र बाक्लो छ भने जम्बो वा कम्बिङ क्लच लगाउन सकिन्छ । बाक्लो केशलाई सम्हाल्न कठिन हुन्छ, त्यसैले यस्ता केशका लागि जम्बोको प्रयोग उपयुक्त हुन्छ । जम्बो वा क्लच सबै रंग र स्टाइलमा उपलब्ध हुन्छ । साडी होस् वा सुट अथवा अन्य कुनै वेस्टर्न ड्रेस सबैमा यो हेयर एसेसरिज खुबै सुहाउँछ ।

फोर टुथ जा : यो हेयर एसेसरिजको सबैभन्दा ठूलो विशेषता यसको डिजाइन हो । चन्द्रमाजस्तो सेपको हेयर क्लिप केश सम्हाल्न र पोनिटेल बनाउन सहयोगी हुन्छ । यो क्याजुयल क्लिप हो तर यसलाई पार्टीमा पनि लगाउन सकिन्छ ।

रेन्बो हेयर एसेसरिज : रेन्बो हेयर एसेसरिज जताततै पाइन्छ, यो चम्किलो एवं रंगबिरंगी थ्रेडमा उपलब्ध हुन्छ, जसलाई केशमा लगाउन सकिन्छ ।

बेरेट्स हेयर क्लिप : यो पुरानो शैलीको क्लिप हो तर हिजोआज यो ट्रेन्डी बन्न पुगेको छ वा भनौं यो क्लिपको फेसन कहिल्यै सकिँदैन । यो लामो र पातलो क्लिप अहिले थुप्रै डिजाइनमा उपलब्ध हुन थालेको छ । यो क्रिस्टल, मोती, नग, फरबाहेक थुप्रै डिजाइनमा उपलब्ध छ । यसलाई आफ्नो पोनिटेलदेखि चुल्ठोसम्ममा प्रयोग गर्न सकिन्छ ।

ट्रिक्योट्रा क्लिप : यो क्लिप नटमा अर्थात् चुल्ठोमा लगाइन्छ । यो क्लिपलाई चुल्ठोमा बेरेर राख्न सकिन्छ । यसलाई फूल वा हाफ चुल्ठोमा राख्न सकिन्छ । यसबाहेक सिम्पल चुल्ठो पनि स्टाइलिस देखिन्छ ।

ड्रेगन हेयर क्लिप : पुरानो जमानाको ड्रेगन क्लिप पुन: बजारमा देख्न थालिएको छ । यो क्लिप बालबालिका हुन् वा युवती सबैमा सुहाउँछ । यसमा पुस र पुल बटन हुनाले केश टुट्दैन । यो क्लिप विविध प्रकारमा उपलब्ध छ ।

स्पार्कल ट्युब : केशमा केही प्रयोग गर्ने चाहना छ भने स्पार्कल ट्युब कलर पनि उपयुक्त विकल्प हो । यसलाई लगाएपछि राम्रोसँग सुकाउन बिर्सनु हुँदैन । यसबाट थोरै खर्चमै अरुभन्दा अलग देखिन सकिन्छ ।

 Image