Successfully Copied

व्यक्तिगत जीवनमा रोगको प्रभाव

८० प्रतिशत यौन समस्या तनसँग नभै मनसँग जोडिएको हुन्छ । जबसम्म मन राजी हुँदैन तबसम्म हाम्रो शरीर पनि यौन सम्पर्कका लागि राजी हुँदैन । यति हुँदाहुँदै पनि शारीरिक कारणले समेत यौन जीवन प्रभावित हुन्छ ।

८० प्रतिशत यौन समस्या तनसँग नभै मनसँग जोडिएको हुन्छ । जबसम्म मन राजी हुँदैन तबसम्म हाम्रो शरीर पनि यौन सम्पर्कका लागि राजी हुँदैन । यति हुँदाहुँदै पनि शारीरिक कारणले समेत यौन जीवन प्रभावित हुन्छ ।

मधुमेह : मधुमेहले यौन जीवनलाई धेरै हदसम्म प्रभावित गर्छ । यसले यौनप्रति रुचि, परफर्मेन्स तथा अर्गेजममा नकारात्मक असर पार्छ । मधुमेहका कतिपय रोगी त नपुंसक नै हुन्छन् । मधुमेहका बिरामी जो इन्सुलिन लिन्छन् त्यस्ता बिरामी यौन सम्पर्कका बेला बढी उत्तेजित हुन सक्छन् जसबाट हाई पोग्लेसेमियाको सिकार हुने सम्भावना रहन्छ । यस्तो हुँदा सम्पर्कका समयमा रिंगटा लाग्ने, कम्पन हुने तथा धड्कन तेज हुने हुन्छ । कतिपयले ध्यान एकत्रित गर्न नसक्ने जस्ता समस्याबाट गुज्रनुपर्ने हुन्छ ।

समाधान : सुगर लेवल नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ । हाइपोग्लेसेमियाको कुनै पनि संकेत देखिए तुरुन्त सुगरको औषधि सेवन गर्नुपर्छ । सेक्स गर्नुअघि एक्स्ट्रा स्टार्ची कार्बोहाइड्रेडयुक्त पास्ता, भात तथा ब्रेड आदि खानुहुँदैन ।

कोरोनरी हार्ट डिजिज

यस्तो स्थितिमा यौन सम्पर्क राख्दा हर्ट विट तथा रक्तचाप बढ्ने सम्भावना हुन्छ । कोरोनरी हर्टका बिरामीलाई सास फेर्न कठिन हुन्छ । छातीमा पीडाको सम्भावना पनि हुन सक्छ । दुई घन्टासम्म निरन्तर रूपमा यौन सम्पर्क गरिरहे हर्टएट्याक हुने खतरा पनि बढ्छ ।

समाधान : मुटुका बिरामी जसलाई हर्टएट्याक हुनसक्छ, ले ३ देखि ६ हप्ताको फरकमा यौनसम्पर्क गर्नु उपयुक्त हुन्छ । बिरामी मधुमेहको पनि सिकार भए अट्याक आउने सम्भावना अझ बढ्छ । यस्ता बिरामीले आफ्नो रक्तचाप तथा पल्स सामान्य अवस्थामा राखेर मात्र यौन सम्पर्क राख्नु उचित हुन्छ । यस्ता बिरामीले हेभी खाना खाएको तीन घन्टासम्म यौनसम्पर्क गर्नुहुँदैन ।

मोटोपन : मोटोपनले पनि यौन जीवनलाई प्रभावित गर्छ । मोटोपनबाट यौन इच्छा, परफर्मेन्स आदिमा नकारात्मक असर पर्छ ।

समाधान : सबैभन्दा पहिले मोटोपन कम गर्नुपर्छ । तारेको तथा भुटेको खानेकुरा नखाने तथा नियमित व्यायाम गर्ने बानी बसाल्नुपर्छ ।

 

हाइपोथाइराइज्म

यस्तो स्थितिमा शरीरमा धेरै किसिमका हार्मोनल परिवर्तन आउँछन् । एक्कासि धेरै तौल बढ्नु, धेरै गर्मी लाग्नु, उचाइ बढ्न कम हुनु आदि यसका प्रभाव हुन् । यसले पनि यौन इच्छामा कमी ल्याउँछ ।

समाधान : चिकित्सकको सम्पर्कमा रहनुपर्छ । थाइराइडलाई नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ । आफ्नो यौन जीवन सन्तुलनमा राख्नुपर्छ ।

दम : यौन क्रियाकलापमा बढी रुचि हुँदा पनि एट्याक हुने खतरा बढ्छ । कतिपय महिलामा पार्टनरको सेमिनल फ्लुइडमा भएको प्रोटिन्सको एलर्जीका कारण पनि सेक्सका समयमा अस्थम्याटिक एट्याक हुने सम्भावना हुन्छ । महिला तथा पुरुषमा लेटेक्स एलर्जीका कारण कन्डमको प्रयोगबाट पनि अस्थम्याटिक एट्याक हुने सम्भावना रहन्छ ।

समाधान : सेक्सुअल एक्टिविटी अगावै ब्रोकोडिलेटर थेरापीले आराम महसुस गराउँछ । चिकित्सकको सल्लाहमा व्यायाम तथा औषधि सेवन गरे राहत मिल्छ ।

पिठ्युँको पीडा

पीठ्युँको पीडाबाट पनि यौन जीवन प्रभावित हुन्छ । सहवासमा गलत पोस्चरका कारण पनि पीठमा पीडा हुन्छ ।

समाधान : यौन सम्पर्कका क्रममा उचित आसन प्रयोग गर्नुपर्छ । श्रीमानको पीठमा पीडा भए श्रीमतीले टप पोजिसन प्रयोग गर्नुपर्छ । श्रीमतीलाई पीठमा पीडा भए श्रीमान् टप पोजिसनमा रहनुपर्छ । यसका अतिरिक्त भुजङ्गासन, शलभासन, सुलभ उत्तासन, सर्पासन आदि गरे पिठ्यँुको पीडामा फाइदा पुग्छ ।

जोर्नीसम्बन्धी रोग

जोर्नीको समस्याबाट पीडित मानिसलाई यौनसम्पर्कका बेला पीडा हुनसक्छ ।

समाधान : यौनसम्पर्कका दौरान यस्तो आसन प्रयोग गर्नुपर्छ जसले जोर्नीमा बढी दबाब पर्दैैन । यौन पार्टनरलाई सक्रिय रहने सल्लाह दिनुपर्छ ।

 Image