Successfully Copied

किशोरीहरूका लागि उपयुक्त इनरवेयर

आमाले आफ्नी टिनएजर छोरीको आवश्यकतालाई सही ढंगबाट बुझाउन सके उनले समझदारीपूर्वक सही इनरवेयर छनोट गर्न सक्छिन् । ब्रा वा लन्जरीको छनोट सहज लागे पनि यो एउटा जटिल प्रक्रिया हो । सबैभन्दा पहिले आफ्नो सही नाप थाहा पाउनुपर्छ किनभने सही फिटिङको ब्रा आराम र

ठिक्कको इनरवेयरले व्यक्तित्वलाई आकर्षक बनाउनुका साथै स्वस्थ रहन समेत मद्दत गर्छ । यसबाट आत्मविश्वास बढ्छ र भविष्यको समस्याबाट मुक्ति प्राप्त गर्न सकिन्छ । इनरवेयर छनोट गर्नु संवेदनशील विषय हो । १३–१४ वर्षमा पाइला राख्नेबित्तिकै किशोरीहरूले कतिपय शारीरिक एवं भावनात्मक परिवर्तनको सामना गर्नुपर्ने हुन्छ । यही अवस्थामा प्रारम्भ हुन्छ पहिलो पटक इनरवेयर लगाउने सिलसिला । यही समयमा सही फिटिङको इनरवेयर छनोट गरे शरीरलाई पर्याप्त सपोर्ट प्राप्त हुन्छ र शरीरको विकास पनि सही तरिकाले हुन्छ ।

आमाले आफ्नी टिनएजर छोरीको आवश्यकतालाई सही ढंगबाट बुझाउन सके उनले समझदारीपूर्वक सही इनरवेयर छनोट गर्न सक्छिन् । ब्रा वा लन्जरीको छनोट सहज लागे पनि यो एउटा जटिल प्रक्रिया हो । सबैभन्दा पहिले आफ्नो सही नाप थाहा पाउनुपर्छ किनभने सही फिटिङको ब्रा आराम र पोस्चर दुवैका लागि आवश्यक छ । शारीरिक विकासको समयमा त यो अझ बढी जरुरी छ ।

सही नाप

सही फिटिङको इनरवेयर नलगाउँदा पिठ्युँमा पीडा, मांसपेशीमा तनावबाहेक टाउको दुख्नेसम्मको समस्या देखापर्न सक्छ । टिनएजमा शारीरिक विकासको क्रम तीव्र हुन्छ र मांसपेशीहरू बन्छन् । त्यसैले भविष्यमा समस्याबाट जोगिन यही उमेरमा सही फिटिङको ब्रा लगाउनुपर्छ ।

ट्रेनिङ इनरवेयर

शारीरिक परिवर्तनको अवस्थामा किशोरीहरूलाई ट्रेनिङ ब्राको आवश्यकता पर्छ । यो रेगुलर ब्राका रूपमा परफेक्ट फिटिङ हुँदैन तर यसलाई लगाउँदा शरीरको विकास सही रूपमा हुन्छ । कप साइज कम छ भने यो ब्रा उपयुक्त हुन्छ । छातीको आकार ठूलो छ भने रेगुलर ब्रा नै खरिद गर्नुपर्छ ।

लाइट स्पोर्ट ब्रा

यसमा अन्डरवायर हुँदैन । दुब्लो–पातलो शरीर भएका किशोरीका लागि यो बढी उपयुक्त हुन्छ । यो फुल स्पोर्ट ब्राजस्तो हुँदैन । त्यसैले प्रारम्भिक दिनमा यसलाई लगाउन कुनै समस्या हुँदैन । वायरलेस भएका कारण अन्य ब्राका रूपमा यसको सेप धेरै देखिँदैन त्यसैले पहिलो पटकमै यो आरामदायक महसुस हुन्छ । यो प्याडेड र अनप्याडेड दुवै रूपमा पाइन्छ ।

फुल स्पोर्ट ब्रा

यसमा अन्डरवायर हुन्छ । यसबाट शरीरलाई पूर्ण सपोर्ट प्राप्त हुन्छ । यो कुनै पनि आकारका छाती भएकाहरूलाई उपयुक्त हुन्छ । थोरै फ्याट र लार्जर कप साइज भएकाहरूका लागि त यो आवश्यक नै हुन्छ ।

स्पोर्ट्स ब्रा

टिनएजरका लागि यो सबैभन्दा सही छनोट हो । खेलकुदका क्रममा यसबाट छातीमा बढी दबाब पर्दैन । यो सही सपोर्ट दिने खालको हुन्छ । ब्रेस्ट टिस्यु अत्यन्त कोमल हुने भएकाले टिनएजमा खेलकुदका बेला यसलाई हानीबाट जोगाउनु जरुरी छ । यस्तोमा स्पोर्ट ब्रा अत्यन्त आवश्यक हुन्छ ।

जानौं

शोधहरूका अनुसार अधिकांश महिला गलत साइजका ब्रा लगाउँछन् । इनरवेयरको सही छनोटले कतिपय समस्याबाट जोगाउँछ । त्यसैले सही नापको ब्रा खरिद गर्नुपर्छ । ब्राको नम्बर जाँच्ने अनेकौं विधि छन् । यसका लागि सबैभन्दा पहिले इन्ची टेप लिनुपर्छ । यसबाट आफ्नो बेन्ड साइज र ब्रस्ट साइजको नाप लिनुपर्छ । यो दुवैबीचको अन्तर नै सही कप साइज हुन्छ ।

यदि इन्ची टेप छैन भने एउटा लामो फित्ता लिनुपर्छ । आफ्नो साथमा कैंची पनि राख्नुपर्छ जसलाई अतिरिक्त फित्ता काट्न प्रयोग गर्न सकिन्छ । ठूलो साइजको ऐनाअगाडि उभिएर साइज जाँच गर्नुपर्छ । आमरूपमा टिनएजमा कम्मरको नापमा चार सेन्टिमिटर अतिरिक्त जोड्दा ब्राको सही साइज प्राप्त हुन्छ तर यो सबैमा लागू नहुन सक्छ । बढी तौल भएका किशोरीको साइजमा अन्तर पनि देखा पर्नसक्छ । कप साइजलाई ए, बी, सी, डीमा विभाजन गरिन्छ । ए को अर्थ हुन्छ स्मल, बीको अर्थ मिडियम, सी अर्थात् लार्ज र डी अर्थात् एक्स्ट्रा लार्ज ।

पहिलो अनुभव

*    पहिलो पटक क्रप्ड टप स्टाइल भएको ब्रा नै प्रयोग गर्नुपर्छ । यसको सेप ब्राजस्तो हुँदैन, त्यसैले यो आरामदायक हुन्छ ।

*    छातीको आकार बढ्दै गए स्टार्टर ब्रा लगाउनुपर्छ । टिनएजर ब्रा वयस्कको इनरवेयरभन्दा फरक हुन्छ ।

*    पहिलो पटक ब्रा प्रयोग गर्नु पूर्व त्यसको सही साइज चेक गर्नुपर्छ । अन्डर बस्ट र राउन्ड बस्ट नाप लिएर सही कप साइज पत्ता लगाउनुपर्छ ।

*    टिनएजमा कटनको सिम्पल ट्रेनिङ ब्रा उत्तम हुन्छ । यतिबेला फेन्सी ब्रा प्रयोग गर्नु हुँदैन । कारण यो उमेर शरीरको विकासको उमेर हो ।

*    ब्रा न धेरै टाइट हुनुपर्छ न त धेरै लुज नै । ब्राले बस्टलाई पूर्णरूपमा सपोर्ट प्रदान गरोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

*    प्रारम्भिक उमेरमा वायर फ्रि ब्रा वा स्पोर्ट्स ब्रा नै उपयुक्त हुन्छ । कारण यसमा धेरै उभार देखिँदैन भने यो आरामदायक पनि हुन्छ ।

*    शरीरको विकास तीव्र रूपमा भैरहेको छ भने अन्डरवायर्ड ब्रा खरिद गर्नुपर्छ, कारण यो सही सेपमा हुन्छ ।

 Image