Successfully Copied

जाडोमा के खाने ?

निस्क्रिय रहनु हुँदैन । शरीरलाई चलायमान राख्नुपर्छ । लिफ्टको साटो भर्‍याङ प्रयोग गर्नु उपयुक्त हुन्छ । साथीभाइसँग च्याट वा इमेलमा भन्दा पनि भेटेरै कुराकानी गर्नु शरीर एवं मस्तिष्क दुवै दृष्टिले फाइदाजनक हुन्छ ।

*    जाडो मौसममा बढी पानी पिउने हो भने चिसो लाग्छ भन्ने सोच धेरैमा हुनसक्छ तर जाडोमै अझ बढी पानी पिउनुपर्छ ।

*    छाला सुख्खा हुने हुनाले जाडोमा शरीरलाई प्रशस्त मिनरल्सको आवश्यकता पर्छ । यतिबेला दैनिक कम्तीमा पनि ६ देखि ८ गिलास पानी पिउनुपर्छ ।

*    चिसो मौसममा फलफूल खाँदा सर्दीले समात्ने, रुघा–खोकी लाग्ने समस्या निम्तिने कुरा सही होइन । जाडोमा हरिया सागपात, अनार, आलु, जुनार, कागती, सुन्तला आदि सिट्रसयुक्त फलफूलको प्रयोग प्रशस्त मात्रामा गर्नुपर्छ ।

*    अदुवा, लसुन, प्याज आदि मिसाइएको खाना खानु  फाइदाजनक हुन्छ ।

*    सुप, जुस, ज्वानो–मेथी प्रयोग गरिएका झोलयुक्त पदार्थ यो मौसमका उत्तम खानेकुरा हुन् ।

*    भिटामिन डी छुटाउन नहुने कुरा हो । बिहान ८ बजेअघिको घाममा बस्दा, सालमोन, म्याकरेल, सार्डिन्स आदि ओइली फिस तथा दूध–दहीबाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ जसले शरीरको इम्युनिटी पावर बढाउन मद्दत पुर्‍याउँछ ।

*    निस्क्रिय रहनु हुँदैन । शरीरलाई चलायमान राख्नुपर्छ । लिफ्टको साटो भर्‍याङ प्रयोग गर्नु उपयुक्त हुन्छ । साथीभाइसँग च्याट वा इमेलमा भन्दा पनि भेटेरै कुराकानी गर्नु शरीर एवं मस्तिष्क दुवै दृष्टिले फाइदाजनक हुन्छ ।

 Image