Successfully Copied

होममेड लिप बाम

बजारमा उपलब्ध कतिपय लिप गार्ड, चिपिस्टिक आदिमा केमिकल मिसाइने हुनाले लगाएको केही समय ठीक भए पनि पछि ओठ बढी नै चर्कन थाल्छ ।

*    जाडोमा मात्र होइन वर्षभरि प्रयोग हुने प्रसाधन हो–लिप बाम ।

*    विशेषत: जाडोमा ओठ फुट्ने, ओठको छालाको झिल्ली निस्कने आदि समस्याले सताउँछ ।

*    बजारमा उपलब्ध कतिपय लिप गार्ड, चिपिस्टिक आदिमा केमिकल मिसाइने हुनाले लगाएको केही समय ठीक भए पनि पछि ओठ बढी नै चर्कन थाल्छ ।

*    यस्तो अवस्थामा घरमै तयार पारिएको लिब बाम स्वास्थ्य एवं सौन्दर्यका हिसाबले बढी उपयुक्त हुन सक्छ ।

*    सानो टुक्रा झन्डै एक इन्च बिजसवाक्स (मैन), १० थोपा जोजोबा तेल, १० थोपा मह तथा १० थोपा बदामको तेल सानो ससप्यानमा हालेर कम आँचमा पगाल्ने ।

*    राम्रोसँग पग्लिएपछि आगोबाट बाहिर निकाल्ने र सेलाउन दिने । मनतातोमै कुनै बट्टा वा सिसाभित्र खन्याउने । सेलाइसकेपछि बट्टाको बिर्को राम्रोसँग बन्द गर्ने ।

*    कलर बाम मनपर्छ भने बामलाई तयार पार्दा नै आफूलाई मनपर्ने कलरको लिपिस्टिकबाट सानो टुक्रा ती सबै सामग्रीमा मिसाउने । रोजेजस्तो कलरको बाम तयार हुन्छ ।

* यसरी तयार पारिएको लिब बाम केमिकलरहित तथा स्वस्थकर हुन्छ । यसलाई बिहान–बेलुका वा जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।

                                             - द फिनिसिङ टच ब्युटी टेक्नोलोजी

 Image