Successfully Copied

मिस कलेज आइडल सम्झना

राजधानीमा सम्पन्न ‘मिस कलेज आइडल’को उपाधि सम्झना चौधरीले जितेकी छिन् । प्रतियोगीतको दोस्रो संस्करणमा बर्नहार्ट कलेजमा अध्ययनरत चौधरीले उपाधि उचालेकी हुन् । उनले फ्रेन्ड्ली विधाको अवार्ड समेत आफ्नो पोल्टामा पारेकी छिन् ।

यसै साता राजधानीमा सम्पन्न ‘मिस कलेज आइडल’को उपाधि सम्झना चौधरीले जितेकी छिन् । प्रतियोगीताको दोस्रो संस्करणमा बर्नहार्ट कलेजमा अध्ययनरत चौधरीले उपाधि उचालेकी हुन् । उनले फ्रेन्ड्ली विधाको अवार्ड समेत आफ्नो पोल्टामा पारेकी छिन् ।

उक्त प्रतियोगितामा कन्फिडेन्ट उपाधि सहित अस्मिता थपलिया फस्ट रनर अप तथा डिसिप्लीन अवार्ड सहित अस्मिता गैरे सेकेन्ड रनर अप विजेता बनेका थिए । निलिमा पराजुली भने फोटोजेनिक विधाको विजेता सहित थर्ड रनर अप घोषित भएकी थिइन् ।

त्रिनिटी मार्केटिङ एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न प्रतिस्पर्धामा अलिशा श्रेष्ठ क्याटवाक, सुष्मा दिक्षित पर्सनालिटी, पूजा मगर ट्यालेन्ट, आइसा श्रेष्ठ वेष्ट ड्रेस, करिना राजथला बब्ली, सृजना पाख्रिन भिअर च्वाइस तथा सिम्रन सुवेदी वेष्ट स्माइल र पब्लिक च्वाइस अवार्ड विजेता तय गरिएका थिए । कार्यक्रमको कोरियोग्राफी नमिता भण्डारीले गरेकी थिइन् ।

 Image