Successfully Copied

स्वस्थ एवं अर्गानिक खानपान

विभिन्न अनुसन्धानबाट के पत्ता लागेको छ भने सिताके च्याउले क्यान्सरको सेल मार्ने काम गर्छ । रक्तचाप नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ । स्मरणशक्ति, छालाको सुन्दरता एवं शारीरिक तन्दुरुस्ती बढाउन सहयोग गर्छ ।

कागुनो

कागुनी अथवा कागुनो (गुरुङ भाषामा कावनु) एक प्रकारको अन्न हो । कागुनो प्राय: फागुनमा मकैसँगै छरिने छिटो पाक्ने अन्न हो । यसलाई धानजस्तै सुकाएर ढिकीमा कुटी चामल निकालेर भात खाइन्छ । यसको अन्नपूर्ण क्षेत्रतिर हुन्छ ।

ग्लुटोनरहित प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता खनिज पदार्थका लागि कागुनोलाई दैनिक खानामा समावेश गर्न सकिन्छ ।

विशेषता

कागुनोमा ठोस फाइबर हुने हुँदा पाचन क्रिया सहज हुन्छ । मधुमेह अथवा सुगरका रोगीहरूका लागि सेतो चामलको साटो कागुनो बढी स्वस्थकर मानिन्छ ।

रक्तचाप नियन्त्रणमा पनि यसको महत्वपूर्ण योगदान हुन्छ जसका कारण हृदयाघातको जोखिम कम हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा बढी पाइन्छ ।

चिनो

कागुनोजस्तै यो पनि ग्लुटोनरहित खाद्यपदार्थ हो जसमा निकै मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, निएसिन (भिटामिन बी ३) तथा एसिडजस्ता खनिज पाइन्छ । यसबाट फस्फोरस, म्याग्नेसियम तथा म्यागनिजहरूसमेत प्राप्त हुन्छ । यसलाई सलादका रूपमा, राइसकुकरमा पानी हालेर भुजाका रूपमा वा बोयल गरी मिक्सरमा पिसेर सुप बनाई खान सकिन्छ । जापान, चीन तथा कोरियातिर चिनोको सुप लोकप्रिय छ । चिनो फाइबरयुक्त अन्न हो ।

 

विशेषता

स्नायु प्रणालीलाई चुस्तदुरुस्त राख्न सहयोग पुर्‍याउँछ ।

कोलेस्ट्रोल घटाउन सहयोग गर्छ जसका कारण ह्दयाघातबाट जोगिन सकिन्छ ।

एन्टिअक्सिडेन्टको मात्रा बढी भएकाले यसले एन्टी एजिङको काम पनि गर्छ ।

पेल्लाग्रा रोगबाट जोगाउँछ । (छालाको रोगजस्तै सुक्खापन र कत्ला पर्ने समस्या)

मधुमेहका रोगीका लागि उपयुक्त छ किनभने यसमा पाइने म्याग्नेसियमले रगतमा ग्लुकोजलाई व्यवस्थापन गर्छ र इन्सुलिनलाई संयमित राख्छ ।

बढ्दो उमेरमा बालबालिकाहरूको हड्डी बलियो तुल्याई बढ्न सहयोग गर्छ ।

सिताके च्याउ

भिटामिन, खनिज आदि प्रशस्त मात्रामा पाइने सिताके च्याउ स्वादिलो हुने हुँदा यसलाई मासुको सट्टामा समेत खान थालिएको छ । यसलाई अरु च्याउजस्तै तरकारी, छोयला, सलाद, पोलेर वा सुपमा मिक्स गरेर खान सकिन्छ ।

यसलाई मोटोपन कम गर्ने उपयुक्त खान्कीका रूपमा लिन सकिन्छ । यो च्याउले मानिसको आँत बलियो बनाई त्यसलाई टेवा दिने कार्य गर्छ ।

विभिन्न अनुसन्धानबाट के पत्ता लागेको छ भने सिताके च्याउले क्यान्सरको सेल मार्ने काम गर्छ ।

रक्तचाप नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ । स्मरणशक्ति, छालाको सुन्दरता एवं शारीरिक तन्दुरुस्ती बढाउन सहयोग गर्छ ।

किवी

किवीमा पाइने एक्टिनिडेन भनिने खनिज पदार्थले प्रोटिनलाई छिटो पचाउन मद्दत गर्छ । यसले पाचन शक्ति बढाउने काम गर्छ ।

किवीमा पोटासियमको मात्रा प्रशस्त हुने भएकाले रक्तचाप नियन्त्रण गर्न सहयोग मिल्छ ।

किवीमा पाइने उच्च भिटामिन सीले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

किवीमा रहेको फाइबरले शरीरका विकारहरूलाई पाचन प्रक्रियाको माध्यमबाट बाहिर निकाल्छ ।

एकदिनमा २–३ वटा किवीको सेवनले रगत जम्ने सम्भावनालाई १८ प्रतिसतसम्म घटाउँछ ।

किवीमा चिनीको मात्रा कम हुने भएकाले यो सुगरका रोगीहरूका लागि समेत फाइदाजनक छ ।

किवी अधिक अल्कलाइनमा वर्गीकृत गरिएको फलफूल हो । यसमा उच्च खनिज पदार्थहरू भएका कारण गहिरो निद्रा लाग्छ । यसको सेवनले शरीरमा फुर्ती आउनुका साथै चिसो कम लाग्छ भने ओस्टियोपोरोसिस घटाउन मद्दत गर्छ । किवी भिटामिन ईको राम्रो स्रोत हो तसर्थ यसले छालालाई बुढ्यौलीको असरबाट जोगाउँछ ।

 Image