Successfully Copied

नवीनाका लागि मेकअप टिप्स

विद्यार्थीकालमा अनेरास्ववियुको राजनीतिमा सक्रिय नवीना लामा हाल अनेरास्ववियुको अध्यक्ष तथा एमालेबाट प्रस्तावित प्रतिनिधिसभा सदस्य(समानुपातिक तर्फ ) हुन् ।

नवीना लामाको अनुहार स्क्वायर सेपको छ । उनको जलाइन केही माथि उठेको छ । त्यसैले कन्टोरिङको सहायताले ओभल सेप दिँदा उनी अझ सुन्दर देखिन्छिन् । नवीनाको नाकको मोटाइ अलि बढी भएकाले कन्टोरिङ गरी सानो देखाउनुपर्छ ।

नवीनाको छाला निकै सुख्खा छ भने त्यसमा चायाँ–पोतोको समस्या पनि देखिन्छ । सुख्खापन हटाउन मोइस्चराइजर, सनब्लक आदि अनिवार्य लगाउनैपर्छ । यस्तो छालामा सुत्नुअघि सीटीएमयुक्त नाइट क्रिममा दुई थोपा सिरम राखेर लगाउनु उपयुक्त हुन्छ ।

नवीनाको फेसको फिचर देखाई सार्प लुक्स अपनाउँदा सुन्दर एवं स्मार्ट देखिन्छ । डेली मेकअप गर्दा चिकबोन उठाउने, नोज सेटिङ गर्ने तथा कन्टोरिङ गरिसकेपछि ओभल सेप दिई ब्लसर तथा हाइलाइटर मात्र प्रयोग गर्दा हुन्छ । नवीनाको छालाका लागि स्किन केयर भने अत्यावश्यक छ ।

 

मेकअप : कृसब त्वानाबासु,

जुम ब्युटी एकेडेमी, कुपन्डोल

तस्बिर : महेश प्रधान

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

 Image