Successfully Copied

नर्सहरुको अडिसन

नर्सिङ पेशामा आबद्ध भएका र हुन चाहने युवतीहरुको सौन्दर्य एवं बौद्धिकताको प्रतियोगिताका रुपमा प्रस्तुत हुने ‘मिस नेपाल पिस’ लागि पहिलो चरणको अडिसन सम्पन्न भएको छ ।

नर्सिङ पेशामा आबद्ध भएका र हुन चाहने युवतीहरुको सौन्दर्य एवं बौद्धिकताको प्रतियोगिताका रुपमा प्रस्तुत हुने ‘मिस नेपाल पिस’ लागि पहिलो चरणको अडिसन सम्पन्न भएको छ । नेपाल ब्रेस्ट क्यानसर फाउन्डेसनको सहकार्यमा नेक्स्ट मोडल्स नेपालले गर्दै आएको यो प्रतियोगीताका लागि अडिसन राउन्डमा नर्सिङ पेशामा संलग्न एवं नर्सिङ अध्ययन गर्दै गरेका युवतीहरुको बाक्लो सहभागिता रहेको थियो ।

उनीहरु मध्येबाट आत्मविश्वास, व्यक्तित्व, नर्सिङ पेशा प्रति लगाव र जिम्मेवारी बोध, सकरात्मक सोच, प्रतिभा लगायतका कुरालाई विचार गरी पाँचौं संस्करणको ‘मिस नेपाल पिस’ को फाइनल प्रतिस्पर्धाका लागि सहभागिहरु छनौट गरिनेछन् ।

अडिसन राउन्डमा पूर्व मिस नेपाल अस्मी श्रेष्ठ, कोरियोग्राफर रोजिन शाक्य, चिकित्सकद्वय डा. लोचन कार्की र डा. सुजिता हिराचन तथा मिस नेपाल पिस २०७३ की विजेता सनम थापा मगर निर्णायकका रुपमा रहेका थिए । मिस नर्स नेपालको परिमार्जित स्वरुप मिस नेपाल पिस प्रतियोगिता मार्फत् स्वास्थ्य परिचारिकाहरुलाई नर्सिङ पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउनका कार्यक्रमको थालनी भएको हो ।

 Image