Successfully Copied

प्रियंकाका लागि मेकअप टिप्स

प्राइम कमर्सियल बैंक, चाबहिलमा रिलेसिनसिप म्यानेजरका रूपमा कार्यरत प्रियंका जुम्बा एवं जिम इन्स्ट्रक्टर समेत हुन् ।

प्रियंकाको अनुहार ओभल सेपको छ भने अनुहारमा दाग–धब्बा पनि खासै छैन । त्यसैले उनको मेकअपका लागि त्यति धेरै मेहनत गर्नुपर्दैन । जलाइन अलिकति ठूलो भएकाले कटिङ गरी सेप दिँदा उनी सुन्दर देखिन्छिन् । आँखाको लिड ठूलो भएकाले कट क्रिज गरी सर्कलमा आइक्रिम दलिएको फाउन्डेसन लगाएपछि उनको नाक र जलाइनमा कटिङ गरेर सेप दिइएको छ ।

लाइट कलरको लिपिस्टिक, माथिल्लो भागमा गाजल र आइस्याडो लगाई चिकबोन हाइलाइट गर्दा प्रियंकाको लुक्स ग्ल्यामरस एवं स्मार्ट देखिन्छ । केश पातलो भएकाले ब्रो ड्राई तथा सेटिङ गरी कर्ल गर्दा उनलाई अझ खुल्छ ।

मेकअप : स्वस्तिका राजभण्डारी

तस्बिर : श्रुति श्रेष्ठ

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

 Image