Successfully Copied

हङकङको फोर सिजन स्टोर काठमाडौंमा

विगत १८ वर्षदेखि हङकङमा संचालित फोर सिजन स्टोरको अनुभव र अवधारणाअनुसार नेपालमा पनि त्यस्तै सेवा बिस्तार गरिएको हो ।

काठमाडौंका उपभोक्ताहरूलाई स्वस्थकर मासु उपलब्ध गराउने उद्देश्यका साथ अत्याधुनिक प्रविधिसहितको मिटमार्ट ‘फोर सिजन मिटमार्ट’ गत महिनादेखि संचालनमा आएको छ । विगत १८ वर्षदेखि हङकङमा संचालित फोर सिजन स्टोरको अनुभव र अवधारणाअनुसार नेपालमा पनि त्यस्तै सेवा बिस्तार गरिएको हो ।

बूढानीलकण्ठ नगरपालिकाको चपली, भद्रकालीमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसारको उक्त अत्याधुनिक मिटमार्टमा कुखुरा, खसी, हाँस, टर्की, अस्ट्रिजका मासुका साथै राँगा, बंगुर आदिका छुट्टाछुट्टै प्याकिङ मासु बिक्री गरिने कम्पनीका संचालक बताउँछन् ।

फोर सिजन मिटमार्टमा दक्ष प्राविधिकहरूबाट आधुनिक मेसिन प्रयोग गरी मासु काटिन्छ जसले गर्दा यहाँ गुणस्तरीय एवं स्वस्थकर मासु मात्र उपलब्ध हुने बताइएको छ । मिटमार्टले ग्राहकहरूको मागअनुसार मासुका लागि आवश्यक मरमसला, मिट ससेज, सि–फुडका साथै पकाउन मिल्ने गरी तयारी मासुका सामग्रीहरूसमेत बिक्री गर्नेछ ।

 Image