Successfully Copied

मुख्य कुरा खेलप्रति रुचि हुनुपर्‍यो

अन्तर्राष्ट्रिय प्रशिक्षक झिकाएर वा खेलाडीहरूलाई नै विदेश पठाएर उनीहरूको क्षमतामा थप निखार ल्याउनुपर्छ । सरकारले विद्यालय तहमै खेल अनिवार्य भनेर तोकिदिनुपर्छ भने बालबालिकालाई नि:शुल्क तालिम, खेलसामग्री, न्युट्रिसन, स्पोर्ट साइकोलोजिकल काउन्सिलिङ, फिजियोथेरापी आदि उपलब्ध गराउनुपर्छ ।

युवा खेलाडीहरू के चाहन्छन् ?

नेम, फेम एन्ड मनी विथ इफेक्टिभ ट्रेनिङ ।

एउटै परिवारभित्रकी नन्दलाई हराउँदा कस्तो लाग्यो ?

जो भए पनि प्रतिस्पर्धीलाई हराउँदा खुसी लाग्नु स्वाभाविक हो । खेलमा नाताभन्दा पनि कसरी बेस्ट रिजल्ट दिने भन्ने कुरामा केन्द्रित भइन्छ ।

श्रीमान् प्रशिक्षक हुँदा के–कस्तो फाइदा हुँदोरहेछ ?

सबै प्रशिक्षक, प्रशिक्षक नै हुन् तर श्रीमान् हुँदा खाने, सुत्ने, उठ्ने, आराम गर्नेलगायत मानसिक अवस्थासमेत थाहा भैरहेको हुन्छ । यस्ता कुरामा कुनै द्विविधा नहुँदा सिकाउने र सिक्ने दुवैलाई सहज हुन्छ ।

पुरुषको वर्चश्व रहँदै आएको खेलकुदमा महिला हुनुको सजिलो–अप्ठ्यारो ?

व्यक्तिगत रूपमा असहज महसुस गरेकी छैन । विवाहअघि र पछिका दुवै परिवार मेरो काम र क्षेत्रलाई बुझ्ने भएकाले अझ सहयोग पाएकी छु । यद्यपि कहिलेकाहीँ बुहारीको कर्तव्य निर्वाह गर्नुपर्दा सानातिना अप्ठ्यारा त आइहाल्छन् ।

नेपाली खेललाई राम्रो बनाउन के गर्नुपर्ला ?

मुख्य कुरा खेलप्रति रुचि हुनुपर्‍यो । त्यसपछि मेहनत, दृढता, तालिम र अझ सिक्ने चाहना भएका खेलाडीहरू शारीरिक एवं मानसिक रूपमा स्वस्थ अनि आत्मविश्वासी हुनुपर्छ । त्यसबाहेक पारिवारिक सहयोग, उत्तम प्रशिक्षक–प्रशिक्षण, आवश्यक खेल सामग्रीका साथै पछिल्ला प्रविधिहरूसँग अपडेट हुँदै जान सक्नुपर्छ । यसमा सरकारी तवरबाट खेलाडीहरूको भविष्य सुुनिश्चित गरिनुपर्छ । अन्तर्राष्ट्रिय प्रशिक्षक झिकाएर वा खेलाडीहरूलाई नै विदेश पठाएर उनीहरूको क्षमतामा थप निखार ल्याउनुपर्छ । सरकारले विद्यालय तहमै खेल अनिवार्य भनेर तोकिदिनुपर्छ भने बालबालिकालाई नि:शुल्क तालिम, खेलसामग्री, न्युट्रिसन, स्पोर्ट साइकोलोजिकल काउन्सिलिङ, फिजियोथेरापी आदि उपलब्ध गराउनुपर्छ । नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा सफल बनाउन एक्सचेन्ज कार्यक्रमहरू ल्याउनुपर्छ

लगातार सात पटकसम्म राष्ट्रिय च्याम्पियन हुनुको कारण ?

म शारीरिक रूपमा स्वस्थ छु । त्यसबाहेक खेलका लागि कडा परिश्रम गर्छु । दैनिक ५ घन्टा खेलमा मात्र खट्छु । खेलप्रति रुचि भएकाले मैले यसलाई जिउने आधारका रूपमा लिएकी छु । म पूर्णत: टेबुल टेनिसप्रति प्रतिबद्ध एवं समर्पित छु ।

 

 Image