Successfully Copied

बायोपिक चलचित्रमा वेनीशा

स्वरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका वेनीशा हमालको करिअरलाई लामो समयपछि चलचित्र झ्यानाकुटीले उचाइमा पुर्‍यायो । धेरैले उक्त चलचित्रमा मालतीका रूपमा वेनीशालाई मन पराए । चलचित्रमा उनको संवाद शैली एवं गेटअपले दर्शकको मन मात्र पगालेन, उक्त कुरा उनको करिअरकै टर्निङ प्वाइन्ट साबित भयो

स्वरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका बेनिशा हमालको करिअरलाई लामो समयपछि चलचित्र झ्यानाकुटीले उचाइमा पुर्‍यायो । धेरैले उक्त चलचित्रमा मालतीका रूपमा वेनीशालाई मन पराए । चलचित्रमा उनको संवाद शैली एवं गेटअपले दर्शकको मन मात्र पगालेन, उक्त कुरा उनको करिअरकै टर्निङ प्वाइन्ट साबित भयो ।

अब वेनीशा दृष्टिविहीन सृष्टि केसीको बायोपिक चलचित्र ब्लाइन्ड रक्समा प्रस्तुत हुँदैछिन् । उनले यसका लागि केही समय सृष्टि र उनको परिवारसँग समय बिताई आफूलाई सृष्टिकै प्रतिरूपमा उतार्न मेहनत गरेको बताएकी छिन् । वेनीशा भन्छिन्–च्यालेन्जिङ क्यारेक्टरमा प्रस्तुत हुँदा मज्जा लाग्छ । पुराना नायिकाहरू हराउँदै गएको अवस्थामा वेनीशा भने चलचित्र क्षेत्रमा आफ्नो छवि अझ चम्काउने तयारीमा छिन् ।

 Image