Successfully Copied

औषधि खानुअघि

उच्च रक्तचापकी बिरामी शान्तालाई सुरु–सुरुमा रक्तचाप (ब्लडप्रेसर) को औषधि खाँदा खुट्टा सुन्नियो । चिकित्सकले औषधि परिवर्तन गरिदिएपछि उनको समस्या समाधान भयो । शान्ताजस्तै धेरैलाई औषधिले साइड इफेक्ट गर्न सक्छ । रोग निको पार्न औषधि खानैपर्छ तर ती औषधिका बारेमा जानकारी राख्नु तथा साइड

उच्च रक्तचापकी बिरामी शान्तालाई सुरु–सुरुमा रक्तचाप (ब्लडप्रेसर) को औषधि खाँदा खुट्टा सुन्नियो । चिकित्सकले औषधि परिवर्तन गरिदिएपछि उनको समस्या समाधान भयो । शान्ताजस्तै धेरैलाई औषधिले साइड इफेक्ट गर्न सक्छ । रोग निको पार्न औषधि खानैपर्छ तर ती औषधिका बारेमा जानकारी राख्नु तथा साइड इफेक्ट भए चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । चिकित्सकलाई भन्नुपर्ने कुनै औषधिले एलर्जी भए तथा कुनै कुराले रियाक्सन भए सकेसम्म छिटो चिकित्सकलाई बताउनुपर्छ ।

-    अन्य त्यस्तै औषधिजस्ता डाइटरी सप्लिमेन्ट्स, भिटामिन्स तथा मिनरल लिए ।

-    गर्भवती भए तथा गर्भधारणको प्लानिङ गरिएको छ भने ।

-    स्तनपान गराइरहिएको छ भने ।

-    कुनै खास किसिमको डाइट प्लान पालना गरिरहेको भएजस्तो : चिनी तथा नुन कम खाए ।

-    एक वा त्यसभन्दा बढी रोगको औषधि चलाइरहेको भए अनि त्यसबाहेक अन्य शारीरिक समस्या भए ।

-    औषधि खाँदा कुनै समस्या भए आफ्नो चिकित्सकलाई अनिवार्य रूमा जानकारी दिनुपर्छ ।

के गर्नुपर्छ ?

-    चिकित्सकले भनेको औषधि तथा खानुपर्ने डोजको जानकारी राख्नुपर्छ ।

-    चिकित्सकले भनेबमोजिम औषधि सेवन गर्नुपर्छ । उपचारका लागि जति समय निर्धारित गरिएको हुन्छ त्यति समयसम्म औषधि सेवन गर्नुपर्छ ।

-    औषधि बीचमा नछोडी चिकित्सकले दिएको अवधिसम्म सेवन गर्नुपर्छ । बीचैमा औषधि खान छोडे रोग पुन: बल्झन सक्छ ।

-    औषधि सेवन गर्नुअघि सिसी तथा खोलमा भएको निर्देशन पढ्नुपर्छ । प्रत्येक औषधि खाने तरिका अलग–अलग हुन्छ । कुनै औषधि खाली पेटमा त कुनै खाना खाएपछि सेवन गर्नुपर्ने हुन्छ ।

-    औषधि खाइरहेको समयमा के–के खानुहुँदैन चिकित्सकसँग सोध्नुपर्छ ।

-    औषधि खाँदा पानीले निल्नुपरे प्रशस्त मात्रामा पानी पिउनुपर्छ ताकि औषधि बाहिर ननिस्कियोस् । कम पानीले औषधि सेवन गरे घाँटीमा अड्कन सक्छ, औषधि राम्रोसँग घुल्न पाउँदैन । यसले गर्दा घाँटीमा संक्रमण हुने सम्भावना हुन्छ ।

-    चिकित्सकको निर्देशनविना औषधिलाई फुटाएर, कुटेर तथा चबाएर खानुहुँदैन ।

-    अल्कोहलिक पेयसँग औषधि सेवन गर्नुहुँदैन ।

-    आफ्नै मनले डबल डोज औषधि खानुहुँदैन ।

-    आफ्नो औषधि अरूलाई दिनुहुँदैन । प्रत्येक मानिसको शारीरिक संरचना, क्षमता तथा रोगका आधारमा औषधि निर्धारित गरिएको हुन्छ । एउटै रोग भए पनि औषधि फरक हुन सक्छ ।

कहिले खाने ?

-    प्रत्येक दिन एकै समयमा औषधि सेवन गर्नु उपयुक्त हुन्छ ।

-    औषधि सेवन गर्न बिर्सिए सम्झना हुनासाथ सेवन गर्नुपर्छ । औषधि खाने समय धेरै बितिसकेको भए पनि पहिलेको डोज छोडेर अर्को समयको औषधि सुरु गर्नुपर्छ । त्यसपछि औषधि खाने समयमा विशेष ध्यान दिनुपर्छ ।

-    औषधि सकिनुअघि नै किन्नुपर्छ । यसो गर्दा औषधिको डोज छुट्दैन ।

-    कुनै पनि औषधि सेवन गर्नुअघि

  

 चिकित्सकसँग सोध्नुपर्छ

-    औषधिको नाम

-    कुन रोगका लागि दिइएको हो ?

-    कुन समयमा खानुपर्छ ?

-    खाली पेटमा खाने हो वा खाना खाएपछि ?

-    फ्रिजमा राख्ने हो वा होइन ?

-    औषधि खान बिर्सिए के गर्ने ?

-    कति दिनसम्म खाने ?

-    औषधिले काम गरे–नगरेको कसरी थाहा पाउने ?

-    कुनै साइड इफेक्ट छ कि ?

-    औषधिले काममा असर पार्छ कि, औषधि सेवन गरेपछि काममा जान सकिन्छ कि सकिँदैन, ड्राइभिङ गर्न हुन्छ कि हुँदैन ?

-    औषधिले धेरै निद्रा लाग्छ ?

-    औषधि सेवन गर्दा के खानुहुँदैन ?

स्टोरेज कसरी गर्ने ?

-    औषधि राख्दा लापरबाही गर्नुहँुदैन । औषधि बाथरुम, भान्सा तथा भिजेको ठाउँमा राख्नुहुँदैन । गाडीमा पनि लामो समयसम्म औषधि राख्नुहुँदैन ।

-    चिकित्सकको निर्देशन नभएसम्म औषधिलाई फ्रिजमा राख्नुहुँदैन ।

-    औषधि बालबालिकाको पहुँचभन्दा टाढा राख्नुपर्छ ।

-    खुल्ला औषधि भए कुनै बट्टामा लेबल, डोज तथा एक्सपायरी डेट लेखेर राख्नुपर्छ ।

-    आवश्यक नभएका

औषधि फालिदिनुपर्छ ।

यात्रामा जाँदा

-    यात्रामा निस्कदा साथमा औषधिको बट्टा (मेडिसिन किट) राख्नुपर्छ ।

-    मेडिसिन किटलाई सुटकेसमा नराखी हातमा बोकिने ब्यागमा राख्नुपर्छ । यसो गर्दा आवश्यक परेका बेलामा तत्काल औषधि प्रयोग गर्न सकिन्छ ।

-    आवश्यकताभन्दा बढी औषधि बोक्नुपर्छ किनभने एक–दुई दिन बढी बसे पनि औषधि छुट्दैन ।

 Image