Successfully Copied

सबै युवती उत्तिकै सुन्दर हुन्छन

नेपाली महिलाहरू काममा अग्रसर, उत्सुक एवं समर्पित छन् । ट्याम्पु ड्राइभरदेखि कर्पाेरेट लेबलसम्म महिलाहरूको उपस्थिति उत्साहजनक छ । नेपाली महिलाहरूमा कामप्रति सम्मान छ ।

संसारमा सबैभन्दा बढी माया कसको लाग्छ ?

आमाको ।

तपाईंको जीवनमा महत्व राख्ने महिला ?

आमा, दिदी, आन्टीहरूलगायत मेरा सहकर्मी नायिका तथा प्रशंसकहरू सबैको उत्तिकै महत्व छ । महिलाहरू ममताका खानी हुन्, जसमा सद्भाव तथा नि:स्वार्थ माया हुन्छ ।

कस्ता युवतीप्रति आकर्षित हुनुहुन्छ ?

हरेक युवती उत्तिकै सुन्दर हुन्छन् । मलाई हँसिला, मीठो बोल्ने तथा सकारात्मक सोच भएका युवतीले आकर्षित गर्छन् ।

आफूले अभिनय गरेकामध्ये कुन नायिकासँग काम गर्न सजिलो लाग्यो ?

मैले छोटो समयमै धेरै नायिकासँग काम गर्ने अवसर पाएँ । २ वटा चलचित्र तथा २ दर्जनभन्दा बढी म्युजिक भिडियोमा करिश्मा मानन्धरदेखि प्रियंका, आँचल एवं साम्राज्ञी आदिसँग काम गर्न पाएँ । सबैसँगको सहकार्य रमाइलो रह्यो ।

नेपाली महिलाहरूको सकारात्मक पक्ष ?

नेपाली महिलाहरू काममा अग्रसर, उत्सुक एवं समर्पित छन् । ट्याम्पु ड्राइभरदेखि कर्पाेरेट लेबलसम्म महिलाहरूको उपस्थिति उत्साहजनक छ । नेपाली महिलाहरूमा कामप्रति सम्मान छ ।

नेपाली महिलाहरूको नकारात्मक पक्ष ?

सबैभन्दा नकारात्मक पक्ष भन्नु नै डाहा तथा इगो हो ।

 Image