Successfully Copied

महिनावारी, रगतश्राव महिला स्वास्थ्य

सामान्यत: महिनावारी २१ दिनदेखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिनसम्म हुन्छ । पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्रामसम्म रगत जान सक्छ, अर्थात तीन–चारवटा प्याड फेर्नुपर्ने हुन सक्छ । तपाईंको समस्यालाई मेनोरेजिया भनिन्छ ।

म ३५ वर्षीया गृहिणी हुँ । मेरा दुई सन्तान छन् । मेरो महिनावारी नियमित छ, तर बिगत पाँच महिनादेखि बढी रगतश्राव भएजस्तो लाग्छ । महिनावारी हुँदा दैनिक पाँच–छवटा प्याड फेर्नुपर्छ । रगत पनि छ–सात दिन जान्छ । मैले के गर्ने होला ?

सामान्यत: महिनावारी २१ दिनदेखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिनसम्म हुन्छ । पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्रामसम्म रगत जान सक्छ, अर्थात तीन–चारवटा प्याड फेर्नुपर्ने हुन सक्छ । तपाईंको समस्यालाई मेनोरेजिया भनिन्छ । यो अवस्थामा धेरै रगत जाने भएकाले उपचार आवश्यक हुन्छ, तर मेनोरेजियाका कारणहरू धेरै भएकाले चिकित्सकीय परीक्षण गराउनुपर्ने हुन सक्छ । धेरैवटा अवस्थामा औषधि सेवनले नै यसलाई ठीक बनाउन सक्छ, तर तपाईंको उमेरमा पाठेघरमा मासु पलाएको (फाइब्राइड) हुन सक्छ । फाइब्रराइड भए शल्यक्रिया नै गराउनुपर्छ ।

                                                              स्त्री तथा प्रसूति रोग विशेषज्ञ,

                                                               मोरङ सहकारी अस्पताल

 Image