Successfully Copied

दोस्रो पिंकाथन महिला दौड

महिला स्वास्थ्यका विषयमा सचेतना बढाउन काठमाडौंमा दोस्रो ‘पिंकाथन’ महिला दौड सम्पन्न भएको छ । गतवर्षबाट नेपालमा सुरु भएको पिंकाथन दौडमा यो वर्ष २ हजार भन्दा बढी महिलाले सहभागीता जनाएका थिए ।

महिला स्वास्थ्यका विषयमा सचेतना बढाउन काठमाडौंमा दोस्रो ‘पिंकाथन’ महिला दौड सम्पन्न भएको छ । गतवर्षबाट नेपालमा सुरु भएको पिंकाथन दौडमा यो वर्ष २ हजार भन्दा बढी महिलाले सहभागीता जनाएका थिए । लेजर पोर्टले आयोजना गरेको दौडमा सहभागी महिलाहरु राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान हुँदै महाराजगन्ज, बालुवाटार, टंगाल, गैरीधारा, लैनचौर, ठमेल, सिंहदरबार, जमल, सामाखुसी, लाजिम्पाटबाट पुन: महाराजगन्ज पुगेका थिए ।

पिंकाथनमा ३, ५, १० र २१ किमि दूरीको दौड भएको थियो । दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार समेत प्रदान गरिएको छ ।

काठमाडौं दौडपश्चात् पोखरामा पनि पिंकाथन आयोजना गर्ने आयोजक नमराज जोशीले बताए ।

 Image