Successfully Copied

म्याचिङ पहिरनको फेसन

पार्टी ड्रेसका लागि समयअनुकूल पहिरन म्याचिङ गर्न सकिन्छ । श्रीमान्ले सुट लगाउँदा श्रीमतीले लेहेंगा, साडी अथवा गाउन लगाउनु उपयुक्त हुन्छ । म्याचिङ गर्दा श्रीमतीको पहिरनको कलरको कु्नै कलरसँग श्रीमान्को सर्ट, टाई वा कोट भए जोडी राम्रो देखिन्छ । ककटेल पार्टीमा जाँदा श्रीमान्ले थ्रि

व्यक्तित्व झल्काउने पहिरन छनोट गर्दा विशेष ध्यान दिनु आवश्यक छ । पहिरन छनोट गर्दा सर्वप्रथम कुन अवसरका लागि हो भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । अहिले कपल अर्थात् श्रीमान्–श्रीमतीहरूले म्याचिङ अर्थात् जोडा मिलाएर पहिरन लगाउने चलन छ । यसरी जोडा मिलाएर पहिरन लगाउँदा दम्पतीबीचको माया, प्रेम एवं सद्भाव बढ्नुका साथै आकर्षणको केन्द्रसमेत हुन सकिन्छ । अहिले कतिपय दम्पती अति नै व्यस्त जीवनशैलीको मारमा छन् ।

यस्ता दम्पतीमध्ये कतिपयले त होलिडे, विवाहको पार्टी अथवा अन्य पार्टीमा मात्र एकअर्कालाई समय दिन पाएका हुन्छन् । यस्तो सुखद् समयमा आकर्षणको केन्द्रविन्दु भएर सबैको प्रशंसा सुन्नु पनि रमाइलो हुन्छ । अरूको प्रशंसाले पनि आपसी माया एवं सद्भाव वृद्धि गर्छ । यसका लागि पहिरनको विशेष भूमिका छ ।

होलिडेका लागि गर्मी अथवा जाडो, पहाड, हिमाल, समुद्र भएको ठाउँ कता जाने हो सोहीअनुसार पहिरन छनोट गर्नुपर्छ । होलिडेमा जाँदा सजिला तथा आपसमा म्याचिङ हुने पहिरन तथा कलर छनोट गर्नु उचित हुन्छ । श्रीमान्ले हाफ पाइन्ट लगाउने हो भने श्रीमतीहरूले वान पिस लगाउन सक्छन् । होलिडेमा सकभर पकेट भएको पहिरन लगाउनुपर्छ जसले मोबाइल तथा कार्डहरू राख्न सहयोग गर्छ । पहिरन लुज भए सहज अनुभव हुन्छ ।पार्टी ड्रेसका लागि समयअनुकूल पहिरन म्याचिङ गर्न सकिन्छ । श्रीमान्ले सुट लगाउँदा श्रीमतीले लेहेंगा, साडी अथवा गाउन लगाउनु उपयुक्त हुन्छ । म्याचिङ गर्दा श्रीमतीको पहिरनको कलरको कु्नै कलरसँग श्रीमान्को सर्ट, टाई वा कोट भए जोडी राम्रो देखिन्छ । ककटेल पार्टीमा जाँदा श्रीमान्ले थ्रि पिस सुट विथ बो टाई लगाउँदा श्रीमतीले गाउन लगाए परफेक्ट हुन्छ । गाउन र सुटको कलर कम्प्लिमेन्ट गर्ने खालको हुनुपर्छ । अहिले सुटमा स्लिम फिटको फेसन छ भने गाउनको ट्रेन्ड अफ सोल्डर छ ।

आमाछोरी र बाबुछोराको म्याचिङ ड्रेस

आमाछोरीको ड्रेस म्याचिङ गर्दा छोरीको उमेरअनुसार पहिरन डिजाइन गर्नुपर्छ । यसमा गाउन एउटै कलर र डिजाइनको भए राम्रो देखिन्छ । आमाले साडी लगाउँदा छोरीले त्यही रंगको क्रप टप स्कर्ट वा लेहेंगा लगाउँदा आकर्षक देखिन्छ । त्यस्तै बाबुछोराले पनि एउटै खालको पहिरन लगाउन सकिन्छ । सुट, सेरवानी, दौरा–सुरुवाल एउटै कलर तथा डिजाइनको बनाउन सकिन्छ ।

थिम पार्टी ड्रेस

अहिले थिम पार्टीहरू पनि प्रशस्तै हुन्छन् जसमा पार्टी आयोजना गर्नेहरूले ड्रेस कोड दिएका हुन्छन् । यस्ता पार्टीमा विवाह भएका वा नभएका जोडीहरू सहभागी हुँदा ड्रेस म्याचिङ गर्दा राम्रो देखिनुका साथै आपसी सम्बन्ध अझ प्रगाढ हुँदै जान्छ ।

दिदीबहिनी म्याचिङ

आफ्नै नभई कजन सिस्टरहरूले पनि कुनै पार्टीमा म्याचिङ पहिरन लगाउँदा पार्टीको रौनक बेग्लै हुन्छ । यस क्रममा गाउन, लेहेंगा, साडी, वान पिस आदि लगाउन सकिन्छ ।

सासू–बुहारीमा म्याचिङ

माया–प्रेम सासू–बुहारीबीच पनि हुन्छ । म्याचिङ पहिरनले आफ्नोपन वृद्धि गर्ने भएकाले सासू–बुहारीले एउटै कलर तथा डिजाइनका पहिरन लगाए उनीहरूबीच आत्मीयता बढ्छ । साडी एउटै कलरको लगाउन सकिन्छ अथवा सासूले लगाएको साडीको कलरमा लेहेंगा, कुर्ता लगाउँदा पनि पार्टीको रौनक वृद्धि हुन्छ ।

यसरी विशेष पहिरन लगाउँदा आफ्नो उमेरअनुसार कम्प्लेक्सन तथा शरीरको बनावटअनुसार डिजाइनरसँग सल्लाह लिन सकिन्छ । म्याचिङ पहिरनले आफ्नोपन वृद्धि गर्नुका साथै राम्रो प्रशंसासमेत प्राप्त गर्न सकिन्छ । त्यसैले पनि अहिले श्रीमान्–श्रीमती, सासू–बुहारी, आमाछोरी, दिदीबहिनी एवं बाबुछोराबीच पहिरनको कलर वा डिजाइनको कुनै पनि पार्ट म्याचिङ गर्ने चलन बढेको छ ।

                                              -ड्रिम वेयर बुटिक, कुपन्डोल

 Image