Successfully Copied

उमेर कम देखाउने मेकओभर

कम निद्राले स्वास्थ्य मात्र होइन छाला पनि प्रभावित हुन्छ । आँखामुनि डार्क सर्कल, छालामा र्‍यासेज, डिहाइड्रेसन तथा तौल बढी भएसँगै रोगप्रतिरोधक क्षमता समेत कम हुन्छ । जवान र स्वस्थ रहन ७ देखि ९ घन्टा सुत्नुपर्छ । त्यसपछि अनुहारबाट मसिना रेखा हट्छन् ।

प्रदूषण तथा सूर्यको हानिकारक किरणले छालालाई निस्तेज बनाउनुका साथै छालामा उमेरको प्रभाव देखापर्न थाल्छ । त्यसैले रातभरि छाला रिपेयरिङ गर्नु आवश्यक हुन्छ । जसका कारण बिहानपख अनुहार ताजा देखिन्छ । दिनहुँ छालालाई सुरक्षित राख्ने उपाय अपनाउनुपर्छ ।

न्यू सनस्किन : सनस्किन लगाएर छालालाई सुरक्षा कवच पहिर्‍याउने भन्दा ठूलो अरु उपाय कुनै छैन । पहिले धेरै चिपचिपे तथा अनुहारमा सेतो लेयर जमाउने तैलीय सनस्किन उपलब्ध हुन्थे । हिजोआज बजारमा फरक–फरक सनस्किन हर्बल क्रिम उपलब्ध छन् । सुख्खा छालाका लागि अलग तथा संवेदनशील छालाका लागि अलग मिनरल्स मिल्क वेस, एलोबेरा एवं चन्दनयुक्त सनस्किन उपयुक्त हुन्छन् । सौन्दर्य विज्ञहरूका अनुसार सौन्दर्य रक्षाका लागि दही, मेवा वा एलोबेरा आदिको पल्प आफ्टर ट्यानिङ प्याकका रूपमा प्रयोग गर्नुपर्छ ।

कम निद्राले स्वास्थ्य मात्र होइन छाला पनि प्रभावित हुन्छ । आँखामुनि डार्क सर्कल, छालामा र्‍यासेज, डिहाइड्रेसन तथा तौल बढी भएसँगै रोगप्रतिरोधक क्षमता समेत कम हुन्छ । जवान र स्वस्थ रहन ७ देखि ९ घन्टा सुत्नुपर्छ । त्यसपछि अनुहारबाट मसिना रेखा हट्छन् । छाला कोमल हुन्छ र त्यसको चमक बढ्छ । रातिको एउटा समय तय गर्नुपर्छ र दिनहुँ त्यही समयमा सुत्ने प्रयास गर्नुपर्छ । यसबाट बडी क्लक एउटा विशेष समयमा बाँधिन पुग्छ र सुत्ने समय नियमित हुन्छ ।

    कफीको प्रभाव छालामा ६ घन्टासम्म रहन्छ । त्यसैले दिउँसो तीन बजेपछि कफी पिउनु हुँदैन । यसबाट राति ढिलो गरी निद्रा आउँछ वा कम निद्रा लाग्छ ।

    कोठाको उज्यालोको एडजस्टमेन्ट सही हुनुपर्छ । नाइट बल्वको उज्यालोबाट पनि आँखालाई डिस्टर्ब हुन्छ । त्यसैले कोठा अँध्यारो पारेर सुत्नुपर्छ ।

    घरपालुवा जनावरलाई आफ्नो साथमा कोठामा सुताउनु हुँदैन । यसबाट पनि निद्रा प्रभावित हुन्छ । घरपालुवा जनावरको बस्ने ठाउँको व्यवस्था अलग्गै हुनुपर्छ ।

    आफ्नो बेडमा इलेक्ट्रोनिक आइटम राख्नुहुँदैन । राति सुत्नुभन्दा पहिले त्यसको प्रयोग गर्नुहुँदैन । यसबाट निद्रा लाग्न समय लाग्छ ।

ताजगीपूर्ण छाला : आफ्नो विकेन्ड प्लानिङमा एक्सफोलिएसनको कार्यक्रम राख्नुपर्छ । स्क्रब गर्दा छालाबाट मृतकोष निस्कन्छ र फ्रेस महसुस हुन्छ । हरेक साता नियमित रूपमा यो उपाय अवलम्वन गर्नुपर्छ । यसबाट उमेर केही वर्ष कम देखिन्छ ।

    आफ्नो स्मार्ट फोनको रिमाइन्डरमा सेड्युल तय गर्नुपर्छ, यसले आफ्नो छाला कहिले स्क्रब गर्ने भन्ने थाहा हुन्छ । स्क्रबबाट छालामा जमेको मृतछालाको लेयर उत्रन्छ भने केही सातामै अनुहारमा चमक देखा पर्छ ।

    स्क्रव कहिल्यै तीनदेखि पाँच मिनेटभन्दा बढी गर्नुहुँदैन अन्यथा छालामा भएको नेचुरल आयल निस्कन्छ र छाला ड्राइ हुन पुग्छ ।

    अनुहारमा मिहीन ग्रेन्युल्स भएको स्क्रब नै प्रयोग गर्नुपर्छ । मोटो ग्रेन्युल्स भएको स्क्रबबाट छालामा र्‍यासेज आउनसक्छ । यसलाई बडी स्क्रविङमा प्रयोग गर्न सकिन्छ । चिनी तथा कागती मिसाएर हात अनि पैतालामुनि मल्नुपर्छ । यसबाट हात तथा पैताला सफा एवं मुलायम रहन्छन् ।

    जौको आटा, दूध र मह मिसाएर अनुहारमा लगाई १० मिनेटपछि हातले मल्दै स्क्रब गर्नुपर्छ । यसबाट मृतकोषिका निस्कन्छ र अनुहारमा निखार आउँछ ।

वाटर सरप्राइज : सुख्खा छालामा बढ्दो उमेरको प्रभाव चाँडै देखिन्छ । त्यसैले पानीले शरीर र छालामा कसरी सन्तुलन राख्नुपर्छ भन्ने कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ ।

विज्ञहरूका अनुसार छालाको सुख्खापन हटाउनु आवश्यक हुन्छ । साबुन भरसक कम प्रयोग गर्नुपर्छ । सेनिटाइजरबाट हात तथा फेसियल वाइप्सबाट अनुहार पुछ्नु बढी सुरक्षित हुन्छ ।

 Image