Successfully Copied

श्रीयाको शीरमा मिस नेपाल पिसको ताज

काठमाडौं लैनचौर निवासी श्रीया २३ प्रतियोगीलाई पछि पार्दै शिर्ष उपाधि कब्जा गर्न सफल भएकी हुन् । उपाधिसँगै उनले ५० हजार नगदका साथमा नेपाल ब्रेष्ट क्यान्सर फाउन्डेशनको सद्भावना दूतको जिम्मेवारी प्राप्त गरेकी छिन् ।

गत साता राजधानीमा सम्पन्न ‘युनिक्याम्पस ग्लोबल मिस नेपाल पिस २०७४’को शिर्ष उपाधि श्रीया रजकले जितेकी छिन् । काठमाडौं लैनचौर निवासी श्रीया २३ प्रतियोगीलाई पछि पार्दै शिर्ष उपाधि कब्जा गर्न सफल भएकी हुन् । उपाधिसँगै उनले ५० हजार नगदका साथमा नेपाल ब्रेष्ट क्यान्सर फाउन्डेशनको सद्भावना दूतको जिम्मेवारी प्राप्त गरेकी छिन् ।

श्रीयाले प्रतियोगितामा फोटोजेनिक विधाको अवार्ड पनि प्राप्त गरिन् । प्रतियोगितामा सुश्मिता बोगटी पर्सनालिटी अवार्ड सहित फस्ट रनर अप तथा जीना श्रेष्ठ ब्युटी विथ ब्रेन अवार्ड सहित सेकेन्ड रनर अप चयन भएका थिए ।

नर्सिङ पेशामा आबद्ध एवं नर्सिङ अध्ययनरत युवतीहरुमा केन्द्रित प्रतियोगिता नेक्स्ट मोडल्स नेपालको ब्यानरमा संचालन भएको थियो भने प्रतियोगितामा नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेशनको सहकार्य रहेको थियो ।

प्रतिस्पर्धामा रिना थापा मगर ट्यालेन्ट, दिपा देवकोटा वाक, प्रमिला पण्डित पब्लिक च्वाइस, आरजु श्रेष्ठ चार्मिङ, आष्मा प्याकुरेल डिसिप्लीन, अनु कुमाल नर्सिङ थीम ड्रेस, सरिता राई सोसियल्ली रेस्पोन्सिबल तथा साजन के.सी. पपुलर विधामा विजेता चयन गरिएका थिए ।

डिजाइनरद्वय अनु श्रेष्ठ र जोशिला श्रेष्ठ अफिसियल डिजाइनर रहेको प्रतिस्पर्धाको निर्णायक मण्डलमा पूर्व मिस नेपाल अश्मि श्रेष्ठ, फोटोग्राफर राज भाइ सुवाल तथा चिकित्सकत्रय डा. सन्ध्या चापागाईं, डा. लोचन कार्की र डा. सुजिता हिराचन रहेका थिए ।

 Image