Successfully Copied

छेकिएको क्षमता

हाम्रो समाजमा यस्ता थुप्रै उदाहरणीय महिला छन् जसले आफ्नो पेसामा विशेषज्ञता हासिल गरेर पनि अन्य सिर्जनशील क्षेत्रमा समेत आफूलाई अब्बल साबित गरिरहेका छन् । कुशल व्यवस्थापकीय क्षमता बोकेका नारी जाति बहुमुखी प्रतिभाका पर्याय हुन् । उहीहरूमा एकै पटकमा मल्टिटास्किङ क्षमता प्रस्तुत गर्नसक्ने स्वभाव

 

हाम्रो समाजमा यस्ता थुप्रै उदाहरणीय महिला छन् जसले आफ्नो पेसामा विशेषज्ञता हासिल गरेर पनि अन्य सिर्जनशील क्षेत्रमा समेत आफूलाई अब्बल साबित गरिरहेका छन् । कुशल व्यवस्थापकीय क्षमता बोकेका नारी जाति बहुमुखी प्रतिभाका पर्याय हुन् । उहीहरूमा एकै पटकमा मल्टिटास्किङ क्षमता प्रस्तुत गर्नसक्ने स्वभाव हुन्छ । केही त्यस्ता नेपाली महिला जो छेकिएको क्षमता प्रस्फुटन गरी आफ्नो पेसा–व्यवसायका अतिरिक्त थप दक्षता प्रस्तुत गर्दै अघि बढिरहेका छन् :

गायनसँगै कला र साहित्यमा स्मिता

विराटगरमा जन्मिएकी स्मिता घिमिरे ३–४ वर्षको उमेरदेखि नै गीत गाउँथिन् । बुबा हार्माेनियम बजाएर गीत गाउने र आमा सितार बजाउने भएकाले उनको बाल्यकाल सांगीतिक वातावरणमा बित्यो । टिनएजमा उनको संगीत मोह पपतर्फ मोडियो । घरछेउ हरीश माथेमा गितार बजाएर गीत गाइरहने भएकाले उनी पनि त्यसतर्फ आकर्षित भइन् । पछि जूनेली ब्यान्डकी भोकलिस्टका रूपमा उनी गायनमा सक्रिय भइन् । त्यतिबेला १४–१५ जना केटाको ग्रुपमा उनी मात्र एक्ली केटी थिइन् । गायनलाई नै निरन्तरता दिन काठमाडौं आएकी स्मिताले दीपक जंगमसँग संगीत सिकिन् । रेडियोमा गीत रेकर्डको समय तोकिएकै दिन विराटनगरमा उनको इंगेजमेन्टको साइत जुर्‍यो । विवाहपछि विभिन्न कारणले संगीतबाट विश्राम लिनुपरे पनि उनी घरमा कविताहरू लेखिरहन्थिन् भने पत्रपत्रिकामा विभिन्न लेख प्रकाशित गरिरहन्थिन् ।

उनले त्यतिबेलादेखि नै पेन्टिङमा समेत हात हालिन् । केही वर्षको विश्रामपछि उनी घरमै किवोर्डमा रियाज गर्न थालिन् भने कला, साहित्यमा समेत अग्रसर भैरहिन् । ५ वर्षअघि एकल एल्बमका साथ संगीतमा पुनरागमन गरेकी स्मृतिले गायनसँगै कला र साहित्यलाई पनि अघि बढाइरहेकी छिन् । उनी अहिले बाल शोषणमा आधारित उपन्यास लेखनमा व्यस्त छिन् जुन नेपाली तथा अंग्रेजी भाषामा एकसाथ प्रकाशित हुनेछ । विवाहपछि धेरैजसो महिला घरभित्रै सीमित हुने भए पनि स्मिता भने आफूभित्रको गायन, कला र साहित्यका तीनवटै पाटालाई बाहिर ल्याउन सफल छिन् । उनले आफ्नो सिडीको बिक्रीबाट आएको रकमले ५ जना बालबालिकालाई पढाइरहेकी छिन् । स्मिता भन्छिन्–‘मानिसले गर्छु भन्ने आँट गर्‍यो भने ऊ पक्कै सफल हुन्छ ।’

 Image