Successfully Copied

रोजगारीका विविध क्षेत्र

एमआरले कुनै पनि कम्पनीले उत्पादन गरेको औषधिको बजार प्रवद्र्धन गर्छ । कुन कम्पनीको औषधि हो, कति मूल्य पर्छ, अन्य औषधि भन्दा के फरक छ, यसको प्रभावकारिता आदिका सम्बन्धमा जानकारी गराएर बिक्री गर्न सक्नुपर्छ । यसका लागि उनीहरूमा औषधिसम्बन्धी ज्ञानका अतिरिक्त त्यसको सबल पक्षलाई

एमआर

मेडिकल रिप्रेजेन्टेटिभ अर्थात् एमआर पनि महिलाका निम्ति उपयोगी हुनसक्छ । धैर्यवान्, शालीन एवं नम्र व्यवहार भएकाहरूले यो क्षेत्रमा प्रगति गर्न सक्छन् । यद्यपि यो पेसा जति आकर्षक छ उत्तिकै चुनौतीपूर्ण र संवेदनशील पनि छ । यो मानव स्वास्थ्यसँग सोझो सम्बन्ध राख्ने काम हो ।

बारम्बार चिकित्सकसँग साक्षात्कार गर्नु, आफ्ना उत्पादनका बारेमा विश्वास दिलाउनु यो पेसाको आकर्षण तथा चुनौती हो । एमआरले आफूलाई सधै सफा, स्वस्थ, आकर्षक एवं सभ्य रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । अंग्रेजी भाषामा राम्रो दख्खल, कम्युनिकेसन स्किल, मार्केटिङ ज्ञान, बोलीमा मिठास र प्रभावशाली व्यक्तित्व एमआरका लागि आवश्यक गुण हुन् ।

एमआरले कुनै पनि कम्पनीले उत्पादन गरेको औषधिको बजार प्रवद्र्धन गर्छ । कुन कम्पनीको औषधि हो, कति मूल्य पर्छ, अन्य औषधि भन्दा के फरक छ, यसको प्रभावकारिता आदिका सम्बन्धमा जानकारी गराएर बिक्री गर्न सक्नुपर्छ । यसका लागि उनीहरूमा औषधिसम्बन्धी ज्ञानका अतिरिक्त त्यसको सबल पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गर्ने क्षमता पनि हुनुपर्छ ।

एमआरले चिकित्सकसँग प्रत्यक्ष भेटेर आफ्नो परिचय, कम्पनीको परिचय, औषधि (मोलिक्युल) आदि विषयमा जानकारी दिनुपर्छ भने अरू मोलिक्युलभन्दा आफ्नो मोलिक्युल किन प्रभावकारी छ भन्ने कुरा बुझाउन सक्नुपर्छ । आफ्नो कम्पनीको औषधिप्रति चिकित्सकलाई आकर्षित गर्नु नै एमआरको सफलता हो ।

हेन्डिक्राफ्ट

कतिपय महिलालाई घरबाहिर गएर रोजगारी गर्न त्यति अनुकूल हुँदैन । घरधन्दा, सरसफाइदेखि बालबच्चा स्याहार्ने कामले उनीहरूलाई व्यस्त बनाउँछ । यस्तो अवस्थामा पनि घरमै बसेर कुनै काम गर्न सकिन्छ जसको राम्रो विकल्प हो–हेन्डिक्राफ्ट ।हेन्डिक्राफ्ट रचनात्मक कार्य हो । यसको आधारभूत ज्ञान भएपछि आफैले विभिन्न किसिमका सामग्री उत्पादन गर्न सकिन्छ, जसमा दैनिक उपभोगका वस्तुदेखि सजावटका सामग्रीसम्म हुनसक्छन् । त्यस्तै खेलौना पनि निर्माण गर्न सकिन्छ । यसमा खासै ठूलो लगानी गर्नु पर्दैन । ह्यान्डिक्राफ्टको बजार फराकिलो एवं सम्भावनायुक्त छ । यसको माग स्वदेशमा मात्र होइन विदेशमा समेत हुने गरेको छ । कतिपय सरकारी, गैरसरकारी संस्थाले महिला सशक्तीकरणका लागि ह्यान्डिक्राफ्ट बनाउने तालिम उपलब्ध गराउँछन् ।

डेन्टल हाइजेनिस्ट

अहिले रोजगार बजारमा डेन्टल हाइजेनिस्टको माग उच्च छ । दाँत तथा मुखसँग जोडिएको यो क्षेत्रमा महिलाहरूले करियर बनाउन सक्छन् । यो क्षेत्रको जनशक्ति मुख तथा दाँतको सामान्य उपचार गर्न सक्षम हुन्छन् । उनीहरूले कुनै पनि अस्पताल, शैक्षिक संस्थामा हेल्थ असिस्टेन्टका रूपमा काम गर्न सक्छन् । सरकारी कोटामार्फत यस्ता जनशक्ति खपत नहुने भए पनि निजी अस्पताल तथा एनजिओ, आइएनजिओमा रोजगारीको अवसर खुला हुन्छ । त्यसो त ग्रामीण क्षेत्रमा आफैले पनि यस्तो सेवा सञ्चालन गरेर स्वरोजगार सिर्जना गर्न सकिन्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सम्बन्धनमा थुप्रै संस्थाले डेन्टल हाइजेनिस्टसम्बन्धी १५ महिने तथा ३ वर्षे कोर्स गराउँदै आएका छन् ।

सिटिइभिटीले डेन्टल हाइजेनिस्टसँग सम्बन्धित टी एसएलसी (प्राविधिक एसएलसी) र डिप्लोमा तहका छुट्टाछुट्टै पाठ्यक्रम तय गरेको छ । टी एसएलसीको कोर्स १५ महिने हुन्छ भने डिप्लोमा तह पूरा गर्न तीन वर्ष लाग्छ ।

 Image