Successfully Copied

रंगमञ्च, वकालत साइकोलोजी र अध्यापनमा नानी

नानी नाटक लेख्नेदेखि लिएर अभिनय एवं निर्देशन गर्ने आदि सबै काम एक्लै गर्छिन् । उनका नाटक समाजलाई सचेतना दिने खालका हुन्छन् । वर्षमा एकपटक नाटक गर्ने नानी साइकोलोजिस्ट तथा अधिवक्ताका रूपमा समेत सक्रिय छिन् । बीएसडब्लुमा साइकोलोजी अध्यापन गर्ने नानी मोटिभेसन स्पिकर पनि

रंगकर्मीका रूपमा अघि बढिरहेकी नानी थापाले नाटक जुनकीरीमार्फत परिचय बनाएकी हुन् । सानैदेखि सामाजिक न्यायमा काम गर्न रुचाउने नानीले कानुन, सोसल वर्क तथा साइकोलोजीको औपचारिक शिक्षा लिएकी छिन्, सामाजिक न्यायमा काम गर्न यी तीनवटै विषय आवश्यक हुने उनको मान्यता छ ।

सिन्धुपाल्चोकमा जन्मिएकी नानी एकल नाटकहरूमा बढी देखिएकी छिन् । उनले अहिलेसम्म ५ वटा एकल नाटकमा अभिनय गरिसकेकी छिन् । नानी नाटक लेख्नेदेखि लिएर अभिनय एवं निर्देशन गर्ने आदि सबै काम एक्लै गर्छिन् । उनका नाटक समाजलाई सचेतना दिने खालका हुन्छन् । वर्षमा एकपटक नाटक गर्ने नानी साइकोलोजिस्ट तथा अधिवक्ताका रूपमा समेत सक्रिय छिन् । बीएसडब्लुमा साइकोलोजी अध्यापन गर्ने नानी मोटिभेसन स्पिकर पनि हुन् भने उनी व्यक्तित्व विकासका प्रशिक्षणसमेत दिन्छिन् ।

स्कुल पढ्दा सधै प्रथम हुने नानीलाई कहिल्यै डाक्टर, इन्जिनियर बनौं भन्ने लागेन । मल्टी ट्यालेन्टेड नानी लोटस फोटोग्राफी स्कुलकी एमडी एवं राष्ट्रव्यापी बाल उद्धार तथा कल्याण संस्थाकी अध्यक्ष हुन् । नानी भन्छिन्–आफूसँग भएको प्रतिभालाई कुनै पनि बारले छेक्न दिनु हुँदैन ।’

 Image