Successfully Copied

बिद्यालय छनौट गर्दा

हरेक बालबालिकामा फरक खुबी र क्षमता हुन्छ । कसैमा लेख्ने–पढ्ने त कसैमा चित्रकला, संगीत, नृत्य लगायतका खुबी, यि सबै कला प्रष्फुटनमा उत्प्रेरित गर्ने बिद्यालय बच्चाका लागी उत्तम ठहरिन्छन् ।

–आफ्ना छोराछोरीलाई कुन स्कुल पठाउने भन्ने प्राय अहिलेका आमाबावुका लागी ठुलो चिन्ताको बिषय हो ।

–नयां भर्नाको मौसम भएकाले बालबालिकाका लागी स्कुल छनौट अहिले प्राथामिक बिषय भएको छ ।

–बालबालिकाका लागी बिद्यालय छनौट गर्दा सर्वप्रथम त दुरीको ख्याल राख्नुपर्छ । साना नानीहरुलाई सकेसम्म लामो दुरीमा पठाउनु हुदैन् ।

–स्कुल छान्दा पढाईका अलावा खानपान र अतिरिक्त कृयाकलापमा केन्द्रित रहनुपर्छ ।

–हरेक बालबालिकामा फरक खुबी र क्षमता हुन्छ । कसैमा लेख्ने–पढ्ने त कसैमा चित्रकला, संगीत, नृत्य लगायतका खुबी, यि सबै कला प्रष्फुटनमा उत्प्रेरित गर्ने बिद्यालय बच्चाका लागी उत्तम ठहरिन्छन् ।

–आजकाल बिद्यार्थीहरुलाई प्राय बिद्यालयमै खाना खुवाइन्छ । यसो हुने हुंदा ओपन डोर किचन सिस्टम, हेल्दी र हाइजिन बिद्यालय रोज्नुपर्छ ।

–स्कुल छनौट गर्दा आफ्नो बच्चाको रुची र इच्छा बुझिदिनु पनि जरुरी हुन्छ ।

सुवास लामा ( प्रिन्सिपल, टोड्लर्स इन्टरनेशनल प्रि–स्कुल बौद्ध तिनचुली )

 Image