Successfully Copied

बेलायतमा फेशन शो

बेलायतमा सौन्दर्य पेशामा आवद्ध महिलाहरुको संस्था ‘प्रोफेशनल ब्युटी असोसिएसन यूके’ ले शनिबार अल्डरसटस्थित एम्पायर हलमा सौन्दर्य विज्ञ कमला श्रेष्ठको प्रमुख आतिथ्यमा फेशन शो सहित मेकअप प्रतियोगिता गरेको छ ।

प्राय गाउँले भेला र विविध सांस्कृतिक कार्यक्रममा मात्र सिमित बेलायतको नेपाली समुदाय माझ यस साता भने अलि भिन्न कार्यक्रम आयोजना गरिएको छ ।

बेलायतमा सौन्दर्य पेशामा आवद्ध महिलाहरुको संस्था ‘प्रोफेशनल ब्युटी असोसिएसन यूके’ ले शनिबार अल्डरसटस्थित एम्पायर हलमा सौन्दर्य विज्ञ कमला श्रेष्ठको प्रमुख आतिथ्यमा फेशन शो सहित मेकअप प्रतियोगिता गरेको छ ।

कार्यक्रममा सौन्दर्य विज्ञ कमला श्रेष्ठले हेयर स्टाइल लाइभ डेमोन्स्ट्रेसन प्रस्तुत गरेकी थिइन् ।

उक्त फेशन शोमा लण्डनस्थित आर्च कलेक्सनकी डिजाइनर अन्जली केसीको डिजाइनर गाउन, क्याजुअल र ब्राइडल ड्रेस पहिरिएर मोडलहरुले क्याटवक गरेका थिए । माला गुरुङको कोरियोग्राफी रहेको उक्त शोमा इटालियन मोडल इलारीया करेरी र इन्डियन मोडल सचिन कुलकर्नीलाई नेपाली ब्राइडल पोशाक लगाएर शो स्टपरको रुपमा प्रस्तुत गरिएको थियो । आकर्षक डिजाइनमा मोडलहरु प्रस्तुत भइरहादा दर्शक दिर्घाबाट अन्जली केसीले प्रशंसा बटुलिन् ।विगत चार दशकदेखि यस क्षेत्रमा आवद्ध प्रोफेशनल ब्युटी असोसिएसन नेपालका अध्यक्ष कमला श्रेष्ठ यही फेशन शोका लागि बेलायत आएकी थिइन् । ‘ब्युटिसियन दिदी बहिनीहरु एकजुट सक्रिय भएर लागेकामा म प्रसन्न छु’ कमलाले भनिन् ।

प्रोफेशनल ब्युटी असोसिएसन यूकेकी अध्यक्ष सुनिता थापाले स्थानीय डिजाइनर, मेकअप आर्टिष्ट र युवालाई प्लेटफर्म दिन यो कार्यक्रम गरिएको बताइन् ।

महासचिव धनु गुरुङले स्थानीय डिजाइनर र मोडलहरुलाई प्रोत्साहन एवं प्रवर्धन गर्न फेशन शो गरिएको जनाइन् । बेलायतमा ब्युटी सलुन सञ्चालन गरिरहेका असोसिएसनमा आवद्ध नेपाली महिला करिब तीन दर्जन रहेको र बेलायतका नेपाली ब्युटिसियनहरुलाई एकजुट गराउने, आइडिया शेयर गर्ने र समस्या पर्दा सहयोग गर्ने संस्थाको उदेश्य रहेको पनि संयोजक धनुले बताइन् ।

सौन्दर्यमा रुचि भएका ७ जना फ्रिल्यान्सर युवतीले भाग लिएको मेकअप प्रतियोगितामा निक्कि पाण्डे विजेता बनिन् । उक्त प्रतियोगितामा कमला श्रेष्ठ, धरानकी भारती सुब्बा र प्रेक्षा बस्नेत निर्णायक थिए । प्रतियोगिताका विजेतालाई न्यू लक्ष्मी ज्वेलर्सले सुनका गरगहना उपहार प्रदान गरेको थियो ।

श्रद्घा गुरुङले सञ्चालन गरेको उक्त शोमा जेनी सुनुवारले आकर्षक नृत्य प्रस्तुत गरिन् भने सुलभ श्रेष्ठले कविता सुनाए । त्यसैगरी आशुतोष थापा, निराकार अधिकारी, रोनिस दर्नाल र प्रमोद थापा मगरको समूहले विभिन्न लाइभ गीत संगीत प्रस्तुत गरेका थिए ।

फेशन शोमा विशेष अतिथि एनआरएनए आइसीसी सदस्य शान्ति थापा कुंवर थिइन् भने अतिथिहरुमा मिस नेपाल यूके आयोजक इभेन्ट एण्ड आइडियाजकी निर्देशक शान्ति गुरुङ लगायत सहभागी थिए ।

 

 Image