Successfully Copied

अहिलेको पुस्ता भनेकै युट्युब पुस्ता हो

उकाली चढौंला, सुन, भन, छिटको गुन्यू, मोहनी लाग्लाजस्ता सदाबहार गीतको कभरसङ्ग राखेपछि धेरैले रुचाए र मेरा युवापुस्ताका प्रशंसकहरू बढ्दै गए ।

युवापुस्तामाझ यसरी एकाएक लोकप्रिय हुँदाको अनुभव ?

म संगीतको पारखी हुँ । स्कुल पढ्दा भजन गाउँथें । म सिरियस गीत सुन्थें र हुबहु गाउँथें । तर भविष्यमा यसरी परिचित भइन्छ भन्ने सोचेको थिइन ।

युट्युबमा कसरी झुल्किनुभयो ?

२०१२ तिर कभरसङ्ग लाई युट्युबमा राखें । धेरैले रुचाएपछि क्रमश: गितार लिएँ, गीत गाएँ, खिचें र युट्युबमा हालें ।

कुन कभरसङ्गबाट आफूलाई चिनाउनुभयो  ?

उकाली चढौंला, सुन, भन, छिटको गुन्यू, मोहनी लाग्लाजस्ता सदाबहार गीतको कभरसङ्ग राखेपछि धेरैले रुचाए र मेरा युवापुस्ताका प्रशंसकहरू बढ्दै गए ।     

कत्तिको व्यस्त हुनुहुन्छ ?

अहिलेको पुस्ता भनेकै युट्युब पुस्ता हो । त्यसैले मेरा हरेक गीत उत्तिकै सुन्छन् र हेर्छन् । त्यसैले  अहिले स्टेज शोका लागि पनि धेरै अफर आएका छन् । अत: म अहिले निकै व्यस्त छु ।

कस्ता प्रशंसकहरू बढी छन् ?

युवाहरू नै बढी छन् । त्यसमा पुरुष र महिला बराबरी छन् ।

आफ्ना गीतहरू पनि हिट बनाउनुपर्छ जस्तो लाग्दैन ?

पक्कै पनि आफ्नो सिर्जना त चाहिन्छ । यसरी कभरसँग मात्र गाएर त हुँदैन । आफ्ना गीतहरू पनि बनाइरहेको छु । भविष्यमा आफ्नै हिट गीतहरूमार्फत पनि मेरो परिचय बन्नेछ ।

 Image