Successfully Copied

थरीथरीका परफ्युम

कानको पछाडिको भाग धेरै हदसम्म ओयली हुन्छ । ओयल भएकै कारण त्यहाँ परफ्युम छर्कदा त्यसको प्रभाव लामो समयसम्म कायम रहन्छ । यसको मनोवैज्ञानिक प्रभाव पनि छ । जब यसको प्रयोग गरी कसैसित अंगालो मारिन्छ, उक्त व्यक्तिले सुगन्धका माध्यमबाट तपाईंसित एक किसिमको ब्रान्ड महसुस

 

व्यक्तित्व निखार्न परफ्युमको विशेष भूमिका हुन्छ । परफ्युमको प्रकार बुझेर सही परफ्युम छनोट गर्न सके व्यक्तित्व थप निखारिन्छ ।

 

गेट फ्रुटी

फ्रुटी सुगन्धले फ्रेस फिल प्रदान गर्छ । यसको सुगन्धले ताजापन महसुस गराउँछ । यसलाई गर्मी र जाडो दुवै मौसममा प्रयोग गर्न सकिन्छ । क्लासिक सुगन्ध मन पराउनेहरूका लागि फ्रुटी परफ्युम उत्तम हुन्छ । यो साँझपखको जमघटका लागि उपयुक्त परफ्युम हो ।

 

फ्लोरल फ्रेगरेन्स

यो परफ्युममा फूलको सुगन्धको स्ट्रङ ओवरटोन हुन्छ । यसमा गुलाफ, जस्मिन, लेवेन्डरजस्ता सुगन्ध लोकप्रिय छन् । यो परफ्युम यंग र मिडिल एजका व्यक्तिहरूलाई सुट गर्छ भने हरेक अवसरमा उपयुक्त मानिन्छ ।

फिल वुड

डार्क टोन्सका शौखिन महिलाहरूलाई बुडी फ्रेगरेन्स विशेष मन पर्छ । यसमा जंगल वा ती स्थानको सुगन्ध महसुस गर्न सकिन्छ । यसमा चन्दन, सिडर आदिको सुगन्ध हुन्छ । यो प्राकृतिक रूपमा सुगन्धित हुन्छ । यो परफ्युम कुनै पनि अवसरमा प्रयोग गर्न सकिन्छ । यो ती महिलाहरूका लागि उपयुक्त हुन्छ जसको सोच परिपक्व हुन्छ । यो परफ्युम विशेष गरी चिसो र साँझपख लगाउनुपर्छ ।

 

गो ग्रिन

ताजा घाँस काट्दाको अवस्था तथा वसन्त ऋतुसित मिल्दो सुगन्ध भएको यो परफ्युम महिलाहरूलाई विशेष रूपले मनपर्छ । यसको सुगन्ध ओरिएन्टल परफ्युमसित मेल खान्छ । यद्यपि ओरिएन्टल परफ्युमको तुलनामा यसको सुगन्ध धेरै हदसम्म हल्का हुन्छ । यो परफ्युम प्राय: क्याजुयल वेयरमा सुहाउँछ । यसलाई इभनिङ र विजनेस वेयरमा प्रयोग गर्न सकिन्छ । यसलाई फन्की र कन्टेम्पररी परफ्युमको श्रेणीमा राखिन्छ । यसकारण यो यंग र स्पोर्टी लुक मन पराउनेहरूको रोजाइमापर्छ । न्युट्रल टोनको हुने भएकाले यसलाई राम्रो उपहारका रूपमा लिइन्छ ।

 

ओरिएन्टल फ्युजन

यो सबैभन्दा स्ट्रङ खालको परफ्युम हो । सेन्सुयल ओवरटोन्स र रिच अन्डरटोन्सले यसलाई हेभी ब्लेन्ड दिन्छ । स्वीट भनिला, मस्क, ओरिएन्टल रेसिन्सजस्ता मन्द सुगन्ध पनि यसमा हुन्छ । ओरिएन्टल परफ्युममा बाँकी सबै क्याटेगरीको विशेषता हुन्छ र यो कोर्परेट कल्चरमा खुबै मन पराइन्छ । ओरिएन्टल फ्युजन साँझ हुने आयोजना तथा विशेष अवसरहरूमा पनि रुचाइन्छ । यो हरेक उमेर समूहका लागि उपयुक्त छ ।

कहाँ प्रयोग गर्दा लामो समयसम्म सुगन्ध आउँछ

काँधमा

परफ्युम केशमा लामो समयसम्म कायम रहन्छ तर सीधै केशमा परफ्युम छर्कदा केश ड्राइ हुन्छ । किनभने यसमा अल्कोहल हुन्छ । त्यसैले काँधमा परफ्युम स्प्रे गर्नुपर्छ ।

 

कुहिनामा

हातमा परफ्युम प्रयोग गर्नु उपयुक्त हुन्छ तर कुहिनामा परफ्युम लगाउनु अझ उत्तम हुन्छ । प्राय: कुहिना सीधा राखिँदैन । त्यसैले पनि कुहिनाको परफ्युम लामो समयसम्म टिक्छ । यो शरीरको हिट जनरेसन गर्ने पोइन्ट्स पनि हो भने पल्स प्वाइन्टमध्येको एक पनि । यसकारण परफ्युमको सीधा सुगन्ध वरपरको हावामा छरिन्छ ।

 

कानको पछाडि

कानको पछाडिको भाग धेरै हदसम्म ओयली हुन्छ । ओयल भएकै कारण त्यहाँ परफ्युम छर्कदा त्यसको प्रभाव लामो समयसम्म कायम रहन्छ । यसको मनोवैज्ञानिक प्रभाव पनि छ । जब यसको प्रयोग गरी कसैसित अंगालो मारिन्छ, उक्त व्यक्तिले सुगन्धका माध्यमबाट तपाईंसित एक किसिमको बन्ड महसुस गर्छ ।

 

घुँडा पछाडि

प्राय: सबै पहिरनले बेली एरिया कभर गर्छन् । यो शरीरको सबैभन्दा बढी हिट सिर्जना गर्ने भाग हो । यहाँ परफ्युम लामो समयसम्म टिक्छ । यसले जोकसैको मुडलाई अन राख्छ ।

 Image