Successfully Copied

न्यू इयर, न्यू मी

हरेक बिहान उठेर जीवनलाई धन्यवाद दिँदै आभार प्रकट गरौं । जीवनको यो अमूल्य उपहारलाई स्वीकार गरी यसको महत्व बुझ्नुपर्छ । नयाँ वर्ष त क्यालेन्डरमा आउँँछ, तर सत्य के हो भने हरेक दिन नयाँ सम्भावना बोकेर आउँछ । त्यसैले हरेक दिनको स्वागत उत्साह र

हामीले जस्तो भोजन गर्छौं हाम्रो विचार पनि त्यस्तै हुन्छ । पातलो र फिट रहन चाहने मानिसले खानपानमा पनि प्रशस्त ध्यान पुर्‍याउनुपर्छ । पौष्टिक तत्व कम सेवन गर्दा अन्तत: आफ्नै स्वास्थ्यलाई हानि पुग्छ । नयाँ वर्षमा मन पर्ने कुरा खाने तर त्यसको परिमाण, स्वस्थता एवं आवश्यकतामा विचार पुर्‍याउने संकल्प गरौं । डाइनिङ टेबलमा रंगबिरंगी भोजनलाई स्थान नदिऊँ ।

कतिपय अध्ययन तथा मनोवैज्ञानिकका अनुसार जो आफू स्वयंमा भरोसा राख्छन्, उनीहरू अरूको तुलनामा आफ्नो लक्ष्य प्राप्त गर्न बढी सफल हुन्छन् । त्यसो त कतिपय अवस्थामा परिस्थिति हाम्रो नियन्त्रणभन्दा बाहिर जान्छ, तैपनि मेहनत, समर्पण तथा आत्मविश्वासका आधारमा जीवनलाई राम्रो एवं सुदृढ बनाउन सकिन्छ । नयाँ वर्षमा आफूमा नयाँपन ल्याउन केही कुरा परिवर्तन आवश्यक हुन्छ । प्रयास गरौं यी कुरालाई जसले आफैमा यो न्यू इयरमा न्यू युसित साक्षात्कार गराउँछ ।

परिवर्तन गरौं यी बानी : यो वर्ष आफ्ना केही नियमित बानी बदलौं जस्तै लाइट वा पंखा बन्द नगर्ने, धारा, खुल्ला छाड्ने, आफ्नो वार्डरोव र स्टडी रुम व्यवस्थित नगर्ने । हेर्दा सामान्य लागे पनि यस्ता बानीले परिजन, मित्रजन वा रुममेट्सलाई समस्या दिन्छ । यो वर्षको पहिलो संकल्प आफ्नो त्यस्तो बानी सुधार्ने गरौं ।

स्वयंमाथि भरोसा : नकारात्मक विचार चाहे अरूका लागि होस् वा आफ्ना लागि त्यसले क्षति नै पुर्‍याउँछ । जीवनमाथि भरोसा राख्नुपर्छ । कुनै पनि कार्य प्रारम्भ गर्नुपूर्व मनमा आउने हरेक शंका एवं द्विविधालाई छोड्ने प्रण गर्नुपर्छ । मबाट हुन सक्दैन, सायद थोरै तौल घटेको भए, मबाट गल्ती हुन्छ भन्नेजस्ता नकारात्मक विचारले स्वयंप्रति संशयको वीजारोपण गर्छ । यस्ता विचारलाई अघि बढ्न दिनुहँुदैन र जीवनलाई आनन्दपूर्वक हेर्नुपर्छ । स्वयंमा भरोसा गर्नुपर्छ । ती कामलाई स्मरण गर्नुपर्छ, जसमा सफतला प्राप्त भयो, प्रेरक कुराहरू पढ्नुपर्छ र द्विविधा कम गर्दै अघि बढ्नुपर्छ ।

घाँटी हेरेर हाड निल्ने : महँगी र प्रतिस्पर्धाको वर्तमान समयमा यो उक्ति निकै सान्दर्भिक छ । आर्थिक स्तरमा सन्तुष्ट रहन चाहने मानिसले हरेक महिनाको बजेट बनाउनुपर्छ अनि सोहीअनुरूप अघि बढ्नुपर्छ । कहाँ खर्च कम र नियन्त्रण गर्न सकिन्छ थाहा पाउनुपर्छ । कतिपय अवस्थामा सपिङ क्रेजले पनि हाम्रो बजेट बिगार्छ । विवाह, भोज–पार्टी आदिमा देखावटीभन्दा पारिवारिक बन्डिङ, रुचि एवं आत्मीयतामा समय दिने काम गर्नुपर्छ । कति कमाइ हुन्छ भन्दा पनि खर्च कसरी र कति व्यवस्थापन हुन्छ भन्ने कुरा महत्वपूर्ण छ । सधैं बचतको स्थितिलाई बुझेर अघि बढ्नु उपयुक्त हुन्छ ।

भोजन स्वस्थकर होस् : हामीले जस्तो भोजन गर्छौं हाम्रो विचार पनि त्यस्तै हुन्छ । पातलो र फिट रहन चाहने मानिसले खानपानमा पनि प्रशस्त ध्यान पुर्‍याउनुपर्छ । पौष्टिक तत्व कम सेवन गर्दा अन्तत: आफ्नै स्वास्थ्यलाई हानि पुग्छ । नयाँ वर्षमा मन पर्ने कुरा खाने तर त्यसको परिमाण, स्वस्थता एवं आवश्यकतामा विचार पुर्‍याउने संकल्प गरौं । डाइनिङ टेबलमा रंगबिरंगी भोजनलाई स्थान नदिऊँ । मौसमी फलफूल तथा सागसब्जी आदि बढीभन्दा बढी ग्रहण गरौं । आफ्नो भोजनलाई स्वादिष्टभन्दा पौष्टिक एवं स्वस्थकर बनाउने प्रयास गरौं ।

स्वयंसित मित्रता : जीवनको एउटा परिस्थितिमा थुप्रै मित्र हुन्छन्, त्यसपछि त्यसको गति कम हुँदै जान्छ । केही मित्र जीवनभर कायम रहन्छन्, भने केही पछाडि पर्छन् । मित्रता निर्वाह गर्नु राम्रो कुरा हो तर कहिलेकाहीँ स्वयंलाई आफ्नै मित्र बनाउनुपर्छ । यो वर्ष एउटा संकल्प के लिन सकिन्छ भने म स्वयं आफैलाई खुसी राख्नेछु । जबसम्म स्वयंलाई खुसी राखिँदैन तबसम्म अरूलाई खुसी दिन सकिँदैन । असल श्रीमान्, श्रीमती, छोराछोरी, भाइ–बहिनी, बाबुछोरा वा मित्र बन्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो समस्या निराकरण गर्नुपर्छ ।

आफ्नो जीवनलाई बिस्तार : जीवन एकपटक पाइन्छ, त्यसलाई समस्यामा बाँध्नुको साटो बिस्तार गर्नुपर्छ । घुम्नु, विभिन्न संस्कृतिलाई नजिकबाट बुझ्न–जान्न खोज्नु पनि हो । थरीथरीका खानपान, परिधान तथा परम्परासँग साक्षात्कार गर्दा आफ्नै वैचारिक दायरा फराकिलो हुन्छ र जीवनप्रति नयाँ समझदारी विकसित हुन्छ । यात्रा भौगोलिक मात्र हुँदैन, यसको माध्यमबाट व्यक्तिको ह्दयसम्म पुग्न सकिन्छ ।

क्षमा गर्दै अघि बढौं : गत वर्ष कसले आफूलाई चोट पुर्‍यायो, कसले पीडा दियो, ती सबै कुरालाई यो वर्ष बिर्सने संकल्प गरौं । नयाँ वर्षमा नयाँ सोचका लागि तयार हुनुपर्छ । कसैको चित्त दुखाउनु हुँदैन वा कसैले चित्त दुखाएको छ भने पनि त्यसको बदला लिनु समस्याको समाधान होइन । जीवनमा खुसी रहने प्रयास गर्नुुपर्छ । जीवनलाई हरेक परिस्थितिमा सार्थक बनाउँदै अघि बढ्नुमै आफ्नो भलो हुन्छ ।

मेहनतका लागि कम्मर कसौं : कतिपय अवस्थामा यस्ता अवसर आउँछन्, जब थोरै मेहनतबाट पनि ठूलो काम सम्भव हुन्छ । अल्छीपन तथा भोलि भन्ने बानीले कतिपय अवसर त्यसै गुमेर जान्छन् । मेहनतपछि प्राप्त हुने सफलताको आनन्द नै फरक हुन्छ । यस्तो सुखबाट वञ्चित हुनु हुँदैन । यो वर्ष सही संकल्प गरौं, मनैदेखि मेहनत गर्ने बानी बसालौं र सही दिशामा, सही समयमा सही परिणाम प्राप्त गरौं ।

सोचौं तर धेरै होइन : हामीमध्ये धेरैजना जीवनको एउटा ठूलो समय अरूका बारेमा सोचेर नै बिताउँछौं । घरेलु विवाद, हाउसमेडको समस्या, बालबालिकाप्रतिको दायित्व, अफिसको व्यस्तताबाहेक दायाँबायाँको चिन्ताले पनि हामीलाई सहजतापूर्वक जिउन दिँदैन । यसो गर्दा उनलाई मन पर्दैन, उसलाई त्यो राम्रो लाग्दैन । अरूले के भन्लान्, यस्ता कुरामा अल्झिएरै हाम्रो रातदिन बितिरहेको हुन्छ । अरूको ख्याल गर्नुपर्छ तर आफैलाई बिर्सिएर भने होइन । आफ्नो जीवनमा के भैरहेको छ भन्ने कुरामा स्पष्ट हुनुपर्छ । यो वर्ष आफ्नो जीवनका बारेमा सोच्ने एवं बुझ्ने संकल्प गरौं ।

नयाँ नियम प्रारम्भ गरौं : अहिलेसम्म जीवनको पुरानै स्थितिमा हिँड्नुभएको छ भने अब नयाँ तरिका अपनाउनुपर्छ । समय छैन, थकान छ, स्वास्थ्य स्थिति ठीक छैन, जिम्मेवारी धेरै छ, यस्ता धेरै समस्या आउँछन् । ती सबैलाई यसपटक डिलिट हानौं ।

शरीर ठीक छ भने सबै ठीक छ : शरीरले हामीलाई धेरै कुरा भन्छ तर हामी त्यसमा ध्यान दिँदैनौं । लामो यात्रापछि गाडीको सर्भिसिङ गरिन्छ, तर शरीररूपी गाडीलाई हामी बिना इन्धन र बिना रिपेयरिङ चलाउँछौं । सबै संकल्प तब मात्र सम्भव हुन्छन् जब शरीर स्वस्थ एवं तन्दुरुस्त रहन्छ । यो वर्ष आफ्नै शरीरलाई ध्यान दिने संकल्प गरौं । आफ्नो स्वास्थ्य जाँच गराऔं अनि खानपान र फिटनेसमा ध्यान दिऊँ ।

धन्यवाद जीवन : हरेक बिहान उठेर जीवनलाई धन्यवाद दिँदै आभार प्रकट गरौं । जीवनको यो अमूल्य उपहारलाई स्वीकार गरी यसको महत्व बुझ्नुपर्छ । नयाँ वर्ष त क्यालेन्डरमा आउँँछ, तर सत्य के हो भने हरेक दिन नयाँ सम्भावना बोकेर आउँछ । त्यसैले हरेक दिनको स्वागत उत्साह र साहसका साथ गर्नुपर्छ ।

 Image