Successfully Copied

फेस्टिभल मोडल एण्ड ट्यालेन्ट वल्र्ड

गएको २७ अप्रिलमा टर्कीको अन्तालिया स्थित अभान्टगार्डे होटल एण्ड रिसोर्टमा सम्पन्न भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा फुङ्नाम लिम्बु सात देखि १० वर्षको आफ्नो उमेर समूहमा शीर्ष उपाधि जित्न सफल भएकी छिन् भने याङ्जी के.सी. चार देखि ६ वर्षको आफ्नो उमेर समूहमा सेकेन्ड रनर अप

 

विश्वका टिनएजर तथा बालबालिका सम्बन्धीत अन्तर्राष्ट्रिय प्रतियोगिता ‘फेस्टिभल मोडल एण्ड ट्यालेन्ट वल्र्ड २०१८’ का लागि नेपालका तर्फबाट सहभागिता जनाएका यान्जी के.सी. र फुङ्नाम लिम्बुलाई सफलता प्राप्त भएको छ । गएको २७ अप्रिलमा टर्कीको अन्तालिया स्थित अभान्टगार्डे होटल एण्ड रिसोर्टमा सम्पन्न भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा फुङ्नाम लिम्बु सात देखि १० वर्षको आफ्नो उमेर समूहमा शीर्ष उपाधि जित्न सफल भएकी छिन् भने याङ्जी के.सी. चार देखि ६ वर्षको आफ्नो उमेर समूहमा सेकेन्ड रनर अप घोषित भएकी छिन् । यस बाहेक फुङ्नाम वेष्ट क्याटवाक र वेष्ट ट्यालेन्टको पनि हकदार बनिन् भने याङ्जी वेष्ट स्माइल र टुरिजम अवार्डमा पनि विजेता बनिन् ।

पाँच वर्षिया यान्जी के.सी. मर्निङ ग्लोरी इन्टरटेन्मेन्टको आयोजनामा संचालन भएको लिटिल च्याम्पस् २०१८ अन्तर्गतको मिनी लिटिल च्याम्पस् हुन् भने नौ वर्षिया फुङ्नाम लिम्बु लिटिल च्याम्प शीर्ष उपाधि विजेता हुन् । यान्जी सेन्ट जेभियर्समा कक्षा १ मा अध्ययनरत छिन् भने फुङनाम प्रिमियर इन्टरनेसनल स्कूलको कक्षा ४ की छात्रा हुन् । सो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दुवै नेपाली प्रतिनिधिको वार्डरोब जिम्मेवारी अकल्प बुटिकले सम्हालेको छ ।

दुवै जनाको सहभागिताका लागि सो प्रतियोगिताको नेपालस्थित आधिकारिक फ्रान्चाइजी ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.इ.ले व्यवस्थापन एवं संयोजन गरेको हो । फेस्टिभल मोडल एण्ड ट्यालेन्ट वल्र्ड विश्वका टिनएजर तथा बालबालिकालाई ग्लोबल स्टेजमा आफ्नो प्रतिभा, मोडलिङ खूबी तथा आ–आफ्नो देशको कला संस्कृति प्रवद्र्धन गर्नुका साथै ग्लोबल फ्रेन्डशीप तथा आपसी समझदारी बढाउनमा योगदान पुर्‍याउनका लागि आयोजना हुँदै आएको कार्यक्रम हो ।

 Image