Successfully Copied

समर फेस प्याक

चर्को घामको सम्पर्कमा आउनाले स्किन ड्यामेज, सन ट्यान, डार्क स्पट्स तथा पिग्मेन्टेसन हुनुका साथै मुहारमा प्रि–मच्योर एजिङजस्तै रिङ्कल्स एवं फाइन लाइन्स देखिने डर बढ्छ । यस्तो अवस्थामा त्यसलाई हाइड्रेट गर्नुपर्छ जसले छालालाई नरमपन प्रदान गर्छ । त्यसपछि छाला स्वस्थ एवं सुन्दर हुन्छ ।

गर्मीमा छालालाई अतिरिक्त हेरचाहको आवश्यकता हुन्छ । चर्को घामको सम्पर्कमा आउनाले स्किन ड्यामेज, सन ट्यान, डार्क स्पट्स तथा पिग्मेन्टेसन हुनुका साथै मुहारमा प्रि–मच्योर एजिङजस्तै रिङ्कल्स एवं फाइन लाइन्स देखिने डर बढ्छ । यस्तो अवस्थामा त्यसलाई हाइड्रेट गर्नुपर्छ जसले छालालाई नरमपन प्रदान गर्छ । त्यसपछि छाला स्वस्थ एवं सुन्दर हुन्छ । गर्मीमा छालालाई हेल्दी डोज दिन निम्न फेस प्याक प्रयोग गर्न सकिन्छ ।

काँक्राको फेस प्याक : यदि फेस प्याकका साथमा स्क्रविङसँगै मुहारको डेड स्किन पनि हटाउने हो भने काँक्राको फेस प्याक प्रयोग गर्नुपर्छ । काँक्राको केही टुक्रालाई मिक्सरमा हालेर पेस्ट बनाउने । त्यसमा थोरै सख्खर मिसाएर केही समयका लागि फ्रिजमा राख्ने । यो पेस्टलाई मुहारमा लगाएर सुकेपछि रगडेर निकाल्ने । परिणाम डेड स्किनको लेयर हट्छ ।

दही फेस प्याक

चर्को घाममा छालालाई शीतलता प्रदान गर्न दहीको फेस प्याक प्रयोग गर्नुपर्छ । यसका लागि एक चम्चा दहीमा एउटा सानो चम्चा चन्दन पाउडर मिसाउने र तयार भएको फेस प्याकलाई मुहारमा राम्रोसँग लगाएर १० मिनेटपछि चिसो पानीले पखाल्ने । यसबाट फ्रेस महसुस गर्न सकिन्छ ।

चन्दन फेस प्याक : चन्दनको शीतलताले गर्मीमा छालालाई धेरै हदसम्म राहत प्रदान गर्छ । यसका लागि एउटा कचौरामा एउटा ठूलो चम्चा चन्दन पाउडर तथा थोरै गुलाबजल मिसाएर लेप तयार गर्ने । यो लेपलाई मुहार र घाँटीमा राम्रोसँग लगाई सुकेपछि चिसो पानीले पखाल्ने ।

पुदिनाफेस प्याक : जसरी सर्बत र जुसमा मिसाइएको पुदिनाले पेटको गर्मी शान्त पार्छ त्यसरी नै पुदिनाको फेस प्याकले चर्को घाममा छालालाई राहत प्रदान गर्छ । यसका लागि एउटा ठूलो चम्चा पुदिनाको पातलाई पिसेर त्यसमा दुई चम्चा गुलाबजल मिसाई अनुहारमा प्रयोग गर्ने । सुकेपछि चिसोपानीले पखाल्ने । गोरोपनका लागि यसमा एक चिम्टी हर्दी पाउडर मिसाउन सकिन्छ ।

म्याङ्गो फेस प्याक

आँपलाई ताछेर त्यसको पल्पलाई मिक्सरमा हाली पेस्ट बनाउने । त्यसमा एक सानो चम्चा चन्दन पाउडर, एक सानो चम्चा दही, आधा चम्चा मह तथा एक चिम्टी हर्दी मिसाएर लेप तयार पार्ने र मुहारमा लगाउने । सुकेपछि मुहारलाई चिसो पानीले पखाल्ने ।

वाटरमेलन फेस प्याक : गर्मीमा शरीरमा पानीको कमी पूरा गर्न जुन रूपमा वाटरमेलन फाइदाजनक हुन्छ त्यसरी नै छालाको नरमपन कायम राख्न पनि वाटरमेलन फेस प्याक निकै प्रभावकारी साबित हुन्छ । फेस प्याक बनाउन वाटरमेलन जुसमा थोरै दही मिसाउने । तयार भएको लेपलाई मुहारमा प्रयोग गर्ने र १५ मिनेटपछि पखाल्ने ।

टोम्याटो फेस प्याक

यदि लामो समयसम्म घाममा बसेर छाला ट्यान भएको छ भने टोम्याटो फेस प्याक प्रयोग गर्नुपर्छ । यसका लागि ठूलो चम्चा टमाटर पल्पमा दुई सानो चम्चा मह मिसाउने र त्यसलाई छालाको प्रभावित ठाउँमा प्रयोग गर्ने । १०–१५ मिनेटपछि चिसो पानीले पखाल्ने । यसबाट सनट्यानमा राहत प्राप्त हुन्छ र महका कारण छालामा चमक आउँछ ।

कागती फेस प्याक : एउटा ठूलो चम्चा कागतीको रसमा थोरै मात्रामा मह मिसाएर पेस्ट तयार पार्ने । उक्त पेस्टलाई कटन बलको सहायताले मुहार तथा घाँँटीमा प्रयोग गर्ने । २० मिनेटपछि चिसो पानीले मुहार तथा घाँटी पखाल्ने । यसबाट छाला कस्सिन्छ र त्यसमा ग्लोसमेत देखापर्छ । यसबाट सन ट्यानमा पनि राहत प्राप्त हुन्छ । यसको थप प्रभावकारिताका लागि कागतीको बोक्राले प्रभावित

ठाउँमा रगड्नुपर्छ ।

 Image