Successfully Copied

सफ्ट ड्रिंक्सका फाइदा

प्राकृतिक फलफूल तथा खाद्यपदार्थमा पाइने सोडियमको प्रशस्त मात्रा सफ्ट ड्रिंक्समा मिसाइएको हुन्छ जसले शरीरका मसल्सलाई सन्तुलनमा राख्ने काम गर्छ । त्यति मात्र होइन रक्तसंचार सुचारु गर्न तथा छालालाई चम्किलो राख्न पनि यसको उत्तिकै महत्वपूर्ण भूमिका छ ।

क्याफिन बेनिफिट

क्याफिन हाम्रो शरीरका लागि आवश्यक तत्व हो तर यही चीज बढी भयो भने शरीरलाई हानी पुग्छ । यसले हाम्रो नसालाई चलायमान राख्ने काम गर्छ । सफ्ट ड्रिंक्समा पाइने यो तत्वले बोसो घटाउने, टाउको दुखेको कम गर्ने, लिभरसम्बन्धी रोगलाई न्यूनीकरण गर्नुका साथै पार्किन्सन, कोलोन क्यान्सर, गल्स्टोन आदि रोग लाग्नबाट जोगाउँछ ।

कार्बोनेटेड वाटर

सफ्ट ड्रिंक्समा पाइने कार्बोनेटेड वाटर यसको प्राइमरी इन्ग्रिडियन्स हो । सन् १७६७ मा जोसेफ प्रिस्टलीले सिर्जना गरी विश्वभर चिनाएको यो चीजले पेटसम्बन्धी रोग ग्यास्ट्राइटिस, कन्सटिपेसनजस्ता समस्या हल गर्न सहयोग पुर्‍याउँछ ।

सोडियम

प्राकृतिक फलफूल तथा खाद्यपदार्थमा पाइने सोडियमको प्रशस्त मात्रा सफ्ट ड्रिंक्समा मिसाइएको हुन्छ जसले शरीरका मसल्सलाई सन्तुलनमा राख्ने काम गर्छ । त्यति मात्र होइन रक्तसंचार सुचारु गर्न तथा छालालाई चम्किलो राख्न पनि यसको उत्तिकै महत्वपूर्ण भूमिका छ ।

सफ्ट ड्रिंक्स तयार पार्ने तरिका

सफ्ट ड्रिंक्स उत्पादन कम्पनीहरूमा विशाल मेसिनहरू जडान गरिएको हुन्छ जसलाई प्लान्ट भनिन्छ । यसले इन्ग्रिडियन्सहरूलाई मिलाएर सन्तुलित बनाई प्रशोधित गर्ने काम गर्छ । सर्वप्रथम कार्बोनेटेड सफ्ट ड्रिंक्सलाई पानीमा मिसाइन्छ जुन वाटर स्टोरेज ट्यांकीमा आएर जम्मा हुन्छ । त्यसपछि पोलिसिङ गर्दै उक्त पदार्थ मिक्सिङ ट्यांकीमा झर्छ । त्यहाँ विभिन्न फ्लेवर, गुलियो पदार्थलगायत सोडियम आदि मिसाएर घोलिन्छ । उक्त पदार्थलाई त्यसभन्दा तल रहेको पोस्ट–मिक्सिङ ट्यांकीमा झारी प्रशोधन गरेपछि बोतलमा प्याक गरिन्छ ।

 Image