Successfully Copied

पहिरनअनुरूप शृंगार

वेस्टर्नकासाथमा स्ट्रेट हेयर वा टप नट जुरो बनाउनुपर्छ । यसबाहेक पहिरनअनुसार नै हेयर स्टाइल छनोट गर्नुपर्छ । गाउन, ब्याकलेस पहिरन, ट्युनिक वा टप प्याजोका साथमा थ्रिडी म्याजिक हेयर कटलाई प्राथमिकता दिन सकिन्छ ।

आँखामुनि वाटर लाइन एरियामा पेन्सिलबाट थ्री फोर्थ गाजल लगाउनुपर्छ । अब ब्रसले डार्क ब्राउन र चकलेट कलर गाजल एरियाबाहिर लगाउनुपर्छ । त्यसपछि केक लाइनरमा सेल सिलर मिसाएर लगाउनुपर्छ ।

वेस्टर्न ड्रेसका साथमा मेकअप

आँखामुनि डार्क सर्कल छ भने ओरेन्ज कलरको डी–३० कन्सिलर प्रयोग गरी राम्रोसँग मर्ज गर्नुपर्छ । कन्सिलर ब्रसकै माध्यमबाट लगाउनुपर्छ । त्यसपछि सम्पूर्ण मुहारमा प्राइमर लगाउनुपर्छ ।

त्यसपछि बेस डिएफडी ४–५ लाई मिक्स गरी त्यसमा डी ६८ मेकअप ब्लेन्डको एक थोपा हालेर बेसलाई सफ्ट बनाउनुपर्छ । यो लिक्विड ड्याव गर्दै ब्रसका माध्यमबाट लगाउनुपर्छ । वेसपछि डर्मापाउडर डी–३ तथा डी–५ मिक्स गरी अनुहारमा प्रयोग गर्नुपर्छ । यदि आवश्यक छ भने कन्ट्ररिङ कलर डिजे–२ बाट नाक, गाला तथा निधारको कन्ट्ररिङ गर्नुपर्छ । टिवी ब्राउन आइस्याडोबाट पनि कन्ट्ररिङ गर्न सकिन्छ ।

आइमेकअपका लागि आइस्याडो प्राइमरको एक थोपा लिएर औंलाले राम्रोसँग ब्लेन्डिङ गर्नुपर्छ । आइब्रोजलाई ९८० नम्बरको ब्रसले भित्रतर्फ लगाउँदै जानुपर्छ । त्यसपछि हाइलाइट क्रिम थ्री फोर्थ लगाउनुपर्छ । अब आइबल्सबाट मुनितिर चकलेट ब्राउन कलर प्रयोग गर्नुपर्छ । त्यसपछि कालो पेन्सिलले कर्नरमा स्याडो लगाउनुपर्छ र राम्रोसँग ब्लेन्ड गर्नुपर्छ । आँखामुनि वाटर लाइन एरियामा पेन्सिलबाट थ्री फोर्थ गाजल लगाउनुपर्छ । अब ब्रसले डार्क ब्राउन र चकलेट कलर गाजल एरियाबाहिर लगाउनुपर्छ ।

त्यसपछि केक लाइनरमा सेल सिलर मिसाएर लगाउनुपर्छ । बाहिरपट्टि मोटो र भित्रपट्टि पातलो लाइन बनाउनुपर्छ । अन्त्यमा आइल्यासेजलाई सुन्दर तथा बाक्लो बनाउन मस्कारा प्रयोग गर्नुपर्छ । यसमा हाइलाइटरको प्रयोग पनि राम्रो देखिन्छ । ब्लसर पिच कलरको भए लिपिस्टिक लाइट पिंक कलरको हुनुपर्छ ।

 हेयर स्टाइल : वेस्टर्नकासाथमा स्ट्रेट हेयर वा टप नट जुरो बनाउनुपर्छ । यसबाहेक पहिरनअनुसार नै हेयर स्टाइल छनोट गर्नुपर्छ । गाउन, ब्याकलेस पहिरन, ट्युनिक वा टप प्याजोका साथमा थ्रिडी म्याजिक हेयर कटलाई प्राथमिकता दिन सकिन्छ । यसमा माथिपट्टिको केश छोटो, तलपट्टिको केश लामो र बीचको केश सामान्य लेन्थमा काटिएको हुन्छ । यो हेयर कट ट्रेडिसनल र मोर्डन दुवै किसिमको पहिरनमा म्याच हुन्छ ।

साडीका साथमा मेकअप

सबैभन्दा पहिले मुहारलाई सफा गरी मोइस्चराइजर लगाउने । त्यसपछि अल्ट्राअन्डर बेस लगाउने । यो बेसलाई कुनै पनि मौसममा प्रयोग गर्न सकिन्छ । यो बेसमा ओवी १ वा ३ बेस राम्रोसँग मिक्स गरी प्रयोग गर्नुपर्छ । यसलाई राम्रोसँग मर्ज गर्नुपर्छ । अब मुहारको कन्ट्ररिङका लागि ओडिएस कन्ट्ररिङ कलरलाई नाक, गाला, निधार तथा चिउँडोमा कन्ट्रोरिङ गर्नुपर्छ भने त्यसपछि टिएल ११ ब्रसको मद्दतले सम्पूर्ण मुहारमा ट्रान्सलुसेन्ट पाउडर लगाउनुपर्छ ।

आइमेकअप होस् विशेष

आँखाको मेकअपका लागि सबैभन्दा पहिले स्याडो प्राइमर लगाउने त्यसपछि सिमरिङ विजन पेलेटले गोल्ड ब्रोन्ज कलर साइडमा लगाएर आइबल्सको सेन्टरमा पिंक कलरको स्याडो लगाई राम्रोसँग मर्ज गर्नुपर्छ । आँखाको कुनामा मेटालिक पेलेटबाट ब्लु कलर प्रयोग गर्नुपर्छ । आँखामुनिको एरियामा ब्लु कपर स्याडो थ्री फोर्थ प्रयोग गर्नुपर्छ ।

हाइलाइटिङका लागि लिभिङ कलर सिल्क गोल्ड प्रयोग गर्नुपर्छ । त्यसपछि त्यसलाई मर्ज गर्नुपर्छ । जहाँ क्रिमी स्याडो प्रयोग भएको छ त्यहाँ पाउडर स्याडो लगाउनुपर्छ भने आँखामुनि पनि पाउडर स्याडो लगाउनुपर्छ । यसमा आर्टिफिसियल आइल्यासेज वा टिवी जेडको ल्यासेज प्रयोग गर्नुपर्छ । सुकेपछि यसमा केक लाइनरमा सिल सिलर मिक्स गरी प्रयोग गर्नुपर्छ । त्यसपछि ग्लिटर लगाएर कपर मस्कारा लगाउनुपर्छ ।

लिप्स बनाऔं आकर्षक

भिजेको कटन प्रयोग गरी सबैभन्दा पहिले ओठलाई राम्रोसँग सफा गर्ने त्यसपछि लिपिस्टिकमा दुई थोपा सेल सिलर मिसाएर ओठमा प्रयोग गर्ने । अब त्यसपछि ग्लस लिपिस्टिक लगाउने । यसबाट लिपिस्टिक लामो समयसम्म टिक्छ ।

चिक्स मेकअप

गालाको सुन्दरता बढाउन ग्ल्यामर ग्लो पेलेट्सबाट ब्लसरलाई चिक्स बोन्समाथि तलबाट माथितर्फ लगाउनुपर्छ । यसबाट चिक्स चम्किलो हुन्छ । यसबाट फेसलाई फरक लुक प्राप्त हुन्छ ।

हेयर स्टाइल पनि होस् परफेक्ट

केशलाई राम्रोसँग कोर्ने अनि दुई भागमा बाँड्ने । त्यसपछि फ्रन्टबाट इयर टु इयर पार्टिङ गर्नुपर्छ । अब केशलाई खजुरी चुल्ठो बाट्नुपर्छ र खजुरी चुल्ठोको पफ बनाउनुपर्छ । पोनीको केशलाई समेटेर जुरो बनाउनुपर्छ । त्यसपछि हेयर एसेसरिज लगाउने । त्यसमा नेट प्रयोग गर्न सकिन्छ । हेयर एसेसरिज आफ्नो पहिरनसँग म्याच गर्ने खालको हुनुपर्छ ।

 Image