Successfully Copied

गर्मीमा विशेष देखिन के गर्ने लाइट रेडियन्ट

सफ्ट लुक हरेक अवसरमा सुन्दर देखिन्छ । यो लुकका लागि लाइट पिंक सेड प्रयोग गर्न सकिन्छ । गालामा सुन्दरता छर्न पिंक ब्लसअन लगाउनुपर्छ । आँखामा चार्मिङ जगाउन पिंक आइस्याडो प्रयोग गर्नुपर्छ । यो ओवरअल लुकमा कन्ट्रास्ट जगाउन ब्लु लाइनर लगाउन सकिन्छ ।

यो लुकमा सबै कुरा हल्का ग्लसी र रेडियन्ट देखिन्छ । परफेक्ट स्किनटोनका लागि लाइट बेस लगाउनुपर्छ । आँखामा आफ्नो पहिरन सुहाउँदो लाइट सेड प्रयोग गर्नुपर्छ र त्यसमाथि भ्यासलिनको हल्का टच दिनुपर्छ । लिप्समा लिपिस्टिक प्रयोग गरी माथिबाट भ्यासलिन लगाएर ग्लसी लुक प्रदान गर्नुपर्छ । लाइनरको साटो मस्काराको डबल कोट लगाउनुपर्छ र चिकबोन्सलाई हाइलाइट गर्न राम्रोसँग ब्लेन्ड गर्नुपर्छ । केश स्ट्रेट गरेर खुल्ला छोड्न सकिन्छ । आफ्नो हेयर स्टाइलमा स्टाइल एड गर्न फ्रन्टबाट फ्रिन्ज निकालेर त्यसलाई हेयर चकबाट अस्थायी कलर दिनुपर्छ ।

कलर स्मोकी

आफ्नो छालालाई फ्लोस लुक दिन टिन्टेड मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । यसो गर्नाले छाला मोइस्चराइज हुन्छ । गालामा पिच सेडको ब्लसअन लगाउनुपर्छ र गालामा हाइलाइट पनि गर्नुपर्छ । फेसन र लेटेस्ट मेकअप मन्त्रअनुसार आफ्नो पहिरन सुहाउँदो कलरलाई आँखामा लगाई त्यसलाई ब्ल्याक वा ग्रे सेडका साथमा मर्ज गर्नुपर्छ । यसो गर्नाले आँखाले स्मोकी लुक प्राप्त गर्छ । आई मेकअप डार्क हुन्छ । त्यसैले अनुहारको मेकअपलाई सन्तुलित राख्न ओठमा बेबी पिंक वा लाइट पिच लगाउनुपर्छ । अहिले मेसी लुक इन छ । केशमा मेसी साइड लोवन बनाउन सकिन्छ । मुहारमा मेकअप लुकको साटो नेचुरल लुक ल्याउन जुरोमा केही लट निकाल्नुपर्छ । यसबाट अनुहारमा रियल लुक आउँछ ।

ब्रन्ज क्रेज

मुहारमा बेबी क्रिम लगाउनुपर्छ र ब्लसअनको साटो गालामा ब्राउजिङ गर्नुपर्छ । यसबाट मुहार पातलो देखिन्छ । ब्रोन्ज सेडको आइस्याडोका साथमा आइजलाई ब्रन्ज टच दिनुपर्छ । आँखाको बाहिरी किनारामा ब्राउन सेडबाट कन्टुरिङ गरेपछि आँखामुनि गाजल स्मक गर्नुपर्छ । आफ्नो लुकलाई सेन्सुयल र सेक्सी लुक दिन लाइनर र मस्कारा प्रयोग गर्न सकिन्छ । ब्रान्जिङ सेडको लिपिस्टिक लगाएर लिप्सलाई स्टनिङ लुक दिन सकिन्छ । केशमा सफ्ट कलर लगाउनुपर्छ । मुहारमा केश आउन दिनु हुँदैन । यसका लागि साइड पार्टिसन गरी क्लिप लगाउनुपर्छ ।

बिङ्ग्ड आइलाइनर एण्ड बोल्ड लिप्स

रेट्रो युगका अभिनेतृहरूको प्रभावलाई आफ्नो सौन्दर्यमा मिक्स गर्ने । आफ्नो आँखामा मेटेलिक ब्लु, ब्ल्याक, ग्रिन वा कपर सेडबाट विङ्ग्ड आइलाइनर लगाउनुपर्छ र वाटरलाइनमा ब्ल्याक आइपेन्सिलको साटो ह्वाइट पेन्सिल प्रयोग गर्नुपर्छ ।

विङ्ग्ड लाइनरको सबैभन्दा राम्रो पक्ष लुकलाई आफ्नो रोजाइअनुरूप लाइट वा लाउड देखाउन सक्नु हो । अनुहारमा क्लियर लुकका लागि मुज र रेज टिन्ट जगाउन ब्लसअन लगाउनुपर्छ । बोल्ड लिप्सले आत्मविश्वास प्रदान गर्छ । त्यसका लागि रेड, कोरल र हट पिंकजस्ता फेसनेबल सेड्सका लिपिस्टिक छनोट गर्न सकिन्छ ।

केशमा फिस्टेल वा रिवर्स फिस्टेल बनाउनुपर्छ । आफ्नो सौन्दर्यको चमक केशमा जगाउन पर्ल स्वरोस्की वा नगजडित स्टड्सलाई आफ्नो चुल्ठोको बीचमा लगाउन सकिन्छ ।

सफ्ट लुक

सफ्ट लुक हरेक अवसरमा सुन्दर देखिन्छ । यो लुकका लागि लाइट पिंक सेड प्रयोग गर्न सकिन्छ । गालामा सुन्दरता छर्न पिंक ब्लसअन लगाउनुपर्छ । आँखामा चार्मिङ जगाउन पिंक आइस्याडो प्रयोग गर्नुपर्छ । यो ओवरअल लुकमा कन्ट्रास्ट जगाउन ब्लु लाइनर लगाउन सकिन्छ ।

आइस्याडोजमा मस्कारा प्रयोग गरी कर्ल गर्नुपर्छ । लिप्समा पिंक सेडको लिपिस्टिक वा ग्लस प्रयोग गरी यो सम्पूर्ण मेकअपमा सुगन्ध छर्न सकिन्छ । आफ्नो यो लुकलाई हल्का ट्रेडिसनल टच दिन मेसी ब्रेड, फ्रेन्च ब्रेड वा डच ब्रेड बनाउन सकिन्छ । ब्रेड्स बनाउनुपूर्व केशमा कलरफुल रिबन वा एक्सटेन्सन लगाउनुपर्छ । स्टाइलिस र फेसनेबल ब्रेड्सका बीचमा यो कलरफुल स्ट्रेन्ड्स अत्यन्त सुन्दर देखिन्छ ।

 Image