Successfully Copied

नर्भिकको रजत महोत्सव

रजत महोत्सवको अवसर पारेर अस्पतालले अत्याधुनिक सुविधायुक्त चार शैयाको हेमोडायलाईसिस सेवा पनि शुभारम्भ गरेको थियो, जसको विशेषताका बारेमा नर्भिकका वरिष्ठ नेफ्रोलोजिस्ट डा. राजेन्द्र अग्रवालले जानकारी दिएका थिए ।

गत महिना नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो रजत महोत्सव मनाएको छ । उक्त अवसरमा स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने १४ वरिष्ठ चिकित्सकलाई अभिनन्दन गरिएको थियो । समारोहमा प्रमुख अतिथि प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले सम्मानितहरूलाई अभिनन्दन गरेकी थिइन् ।

रजत महोत्सवको अवसर पारेर अस्पतालले अत्याधुनिक सुविधायुक्त चार शैयाको हेमोडायलाईसिस सेवा पनि शुभारम्भ गरेको थियो, जसको विशेषताका बारेमा नर्भिकका वरिष्ठ नेफ्रोलोजिस्ट डा. राजेन्द्र अग्रवालले जानकारी दिएका थिए । नर्भिकले २५ वर्ष पार गरेको अवसरमा प्रकाशित ‘नर्भिक माइलस्टोन’ को विमोचन पनि सोही समारोहमा गरिएको थियो ।

 Image