Successfully Copied

पुरुषहरु कहिले र किन झूटो बोल्छन् ?

पुरुषहरूमा बाल्यावस्थादेखि नै आफूलाई विशेष मान्ने बानी हुन्छ । यसमा पारिवारिक तथा सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यही विशेषताका कारण पुरुषहरू झूटो बोल्छन् । हुनत यसमा अपवाद पनि उत्तिकै हुन्छन् । श्रीमतीले सोध्ने अनेकथरी सवाल–जवाफबाट जोगिनश्रीमान्हरू झूट बोल्छन् ।

लन्डन साइएन्स म्युजियमको एक अनुसन्धानअनुसार पुरुषहरू औसतमा दिनको तीन पटक झूट बोल्छन् । पुरुषको दिनभरिको गतिविधिलाई ध्यान दिएर हेर्ने हो भने यो कुरा साँचो पनि लाग्छ । सामान्यत: पुरुषहरूले बोल्ने झूट हुन्–म अहिले बाटोमा छु, मिटिङमा थिएँ, त्यसैले फोन गर्न पाइन, ट्राफिक जाममा फसेको छु, सरी, फोन ह्याङ भएको थियोत्यसैले फोन उठाउनै सकिन, ...तिमी पहिलेभन्दा स्लिम भएकी छ्यौ, तिमी जुन पहिरनमा पनि सुन्दर देखिन्छ्यौ, तिमी मैले चाहेजस्तै छ्यौ आदि । अझ कतिपय पुरुष त यति गजबले झूटो बोल्छन् कि उनीहरूले बोलेको झूट पनि सत्यजस्तै लाग्छ ।

पुरुषहरूमा बाल्यावस्थादेखि नै आफूलाई विशेष मान्ने बानी हुन्छ । यसमा पारिवारिक तथा सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यही विशेषताका कारण पुरुषहरू झूटो बोल्छन् । हुनत यसमा अपवाद पनि उत्तिकै हुन्छन् । श्रीमतीले सोध्ने अनेकथरी सवाल–जवाफबाट जोगिन श्रीमानहरू झूट बोल्छन् ।

    श्रीमानहरू साथीहरूसँगको अचानक हुने जमघटका कारण घर आउन ढिलो भएपछि अफिसको काम वा ओभरटाइमको बहाना बनाउँछन् ।

    सत्य कुरा बताउँदा शंका हुने भएकाले पनि झगडाबाट जोगिन यस्ता कुरामा श्रीमानहरू झूट बोल्छन् ।

    प्रेमिका कुरिरहेकी छिन् तर आफू पुग्न ढिलो भए केटाहरू झूट बोल्छन् । यस्तो अवस्थामा केटाहरू परिवारका सदस्य बिरामी भएको, व्यापारमा समस्या आएको, अफिसमा हाकिमले अतिरिक्त काम दिएको आदि बहाना बनाउँछन् ।

    यस्तो अवस्थामा प्रेमीले झूटो बोलेन भने उसले प्रेमिकाको कडा रिस झेल्नुपर्ने हुन्छ र लामो समय उनलाई मनाउनकै लागि खर्चन सक्छ ।

    युवकहरूको पोजिसन, पहिरन, पर्सनालिटी आदिबाट युवतीहरू छिट्टै प्रभावित हुन्छन् । उनीहरूको यो कमजोरीका कारण पनि युवकहरू झूटो बोल्न विवश हुन्छन् ।

    आफ्नो शान कायम राख्नकै लागि युवकहरू प्रेमिकाका अगाडि झूटो बोल्छन्, विशेष गरी आफ्नो तलब वा आम्दानीका विषयमा ।

    नातेदार, साथीभाइ तथा महिलाहरूका अगाडि आफ्नो इमेज एवं पोजिसन बढाइचढाइ पेस गर्ने क्रममा पुरुषहरू अनगिन्ती झूट बोल्छन् । यस्तोमा उनीहरू आफ्नो शिक्षा, उपलब्धि, पद, आम्दानी आदि विषयमा फुर्ती लगाउँछन् ।

    पुरुषहरूले आफूलाई सुपेरियर देखाउन खोज्नु नै यसको कारण हुन्छ ।

    करिअरमा अघि बढ्न नसक्दा, असफलता हात लाग्दा आदिमा पनि पुरुषहरू झूट बोल्छन् । पुरुषहरू कहिल्यै आफ्नो असफलता सार्वजनिक होस् भन्ने चाहँदैनन् ।

    संयुक्त परिवारमा बस्ने दम्पतीको सम्बन्ध खराब छ वा दाम्पत्य जीवन निकै तनावपूर्ण छ भने पनि पुरुषहरू अरूका अगाडि सबै कुरा ठीकठाक छ भनेर सजिलै झूटो बोलिदिन्छन् । परिवारका सदस्यलाई कुनै कष्ट नपुगोस्, परिवारको परम्परा एवं शान्ति कायम होस् भन्ने अभिप्रायले उनीहरू त्यसो गर्छन् ।

 परिवारसँग जोडिएको कुनै कमजोरी छ भने पुरुषहरू यस्ता विषयप्रति कम कुरा गर्छन् र आवश्यक परे त्यसलाई ढाकछोप गर्ने गरी झूट बोल्न पछि पर्दैनन् ।

 Image