Successfully Copied

टिनएज नाइट पार्टी मेकअप

पहिरन, छालाको रंग तथा अनुहारको सेप हेरी सोहीअनुसार प्रसाधन प्रयोग गर्नुपर्छ । टिनएजका लागि मस्कारा तथा लाइनर महत्वपूर्ण हुन्छन् ।

    युवावस्था त्यसै पनि सुन्दर देखिने उमेर हो ।

    यो उमेरका युवती त्यति धेरै मेकअप नगरे पनि आकर्षक देखिन्छन् ।

    हिजोआज टिनएजर्स मेकअपका प्रशस्तै प्रसाधन बजारमा उपलब्ध छन् ।

    वैशाख महिना नयाँ वर्षलगायत विवाहका समेत थुप्रै पार्टी हुने समय हो । विशेषत: रातिको

पार्टीमा सहभागी हुँदा टिनएज मेकअपमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

    टिनएज मेकअप बढी कलरफुल हुनु हुँदैन ।

    टिनएजर्सका लागि लिपिस्टिकबाहेक अन्य मेकअप न्युड नै राम्रो देखिन्छ ।

    पहिरन, छालाको रंग तथा अनुहारको सेप हेरी सोहीअनुसार प्रसाधन प्रयोग गर्नुपर्छ । टिनएजका लागि मस्कारा तथा लाइनर महत्वपूर्ण हुन्छन् ।

    प्राइमरदेखि कन्सुलर र फिनिसिङसम्म न्युड कलर प्रयोग गर्दा नेचुरल लुक्स आउँछ । त्यसमा उज्यालो रंगको लिपिस्टिकलगाउँदा निकै आकर्षक देखिन्छ ।

 Image