Successfully Copied

महिला पत्रकार टोली सगरमाथा शिखरमा

बस्नेतसहित बुधबार सगरमाथाको शिखरमा पुग्नेमा टिम लिडर रोजिता बुद्धाचार्य (बिपी कोइराला मेमोरियल प्लानेटोरीयम अब्जरभेटरी र विज्ञान संग्रहालय), मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ छन् ।

राष्ट्रिय समाचार समिति (रासस) की पत्रकार रोशा बस्नेतसहितको प्रथम महिला पत्रकार सगरमाथा आरोहण—२०१८ समूहले सगरमाथाको सफल आरोहण गरेको छ ।

बस्नेतसहित बुधबार सगरमाथाको शिखरमा पुग्नेमा टिम लिडर रोजिता बुद्धाचार्य (बिपी कोइराला मेमोरियल प्लानेटोरीयम अब्जरभेटरी र विज्ञान संग्रहालय), मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ छन् । ‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूलनारासहित सो महिला पत्रकार समूह आरोहणमा गएको थियो ।

समूहका पाँचमध्ये चार जनाले मात्र सगरमाथाको सफल आरोहण गरेका हुन् । पाँचमध्ये न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक चारजनाले सफल आरोहण गरेका हुन् ।

सो समूहका चारजना आज बिहान ६ बजे चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनीहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा र्पुयाएका छन् । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको यो याम सकिन लागेको छ । अब एक दुईजना आरोही मात्र चुचुरोमा पुग्न बाँकी रहेको सम्पर्क अधिकृत श्रेष्ठले बताए । बुधबार बिहानसम्म ३४० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् ।

 Image