Successfully Copied

सेलिब्रेटी फेसन र फिटनेस

छालाको सुरक्षाप्रति सचेत श्वेता कहिल्यै लहैलहैमा लागेर कस्मेटिक्स प्रोडक्ट प्रयोग गर्दिनन् । स्किनका लागि नियमित ट्रिटमेन्ट, क्लिन्जिङ एवं फेसियल गराइरहने श्वेता हयात होटलस्थित पार्लरको नियमित ग्राहक हुन् । केशलाई महिलाको गहना मान्ने श्वेता हेयर ट्रिटमेन्टका लागि विपिन हेयर सैलुन पुग्छिन् । उनी आफ्नो

 

फिटनेस

श्वेता आफूलाई फिट राख्ने मामिलामा एक कदमअघि नै छिन् । उनलाई आफू स्वस्थ भइयो भने मात्र हरेक काम गर्न सकिन्छ भन्ने लाग्छ । खाना अलि बढी खानासाथ मोटाउने श्वेतालाई मोटोपन पटक्कै मनपर्दैन । मोटो हुँदा कन्फिडेन्ट घट्ने र काम गर्दा पनि असजिलो महसुस हुने हुँदा उनी फिट रहने कुरामा सदैव सजग रहन्छिन् । श्वेताले केही वर्ष फिटनेसमा त्यति ध्यान दिइनन् तर अहिले काममा फर्किएपछि आफूलाई फिट राख्नुपर्छ भन्ने मान्यताका साथ उनले आफूलाई सक्रिय तुल्याएकी छिन् । त्यसैले उनी अहिले कार्डियो तथा जिमका लागि होटल हयात पुग्छिन् । कार्डियो र जिमले शरीरमा फ्रेसनेस, ऊर्जा एवं काममा लगाव बढाउने श्वेताको अनुभव छ । श्वेता फिट रहनकै लागि कुनै पनि डेरी प्रोडक्ट प्रयोग गर्दिनन् बरु कम कार्बाेहाइड्रेड र बढी प्रोटिन भएका खाना खान्छिन् । उनी आफ्नो स्वास्थ्यका सम्बन्धमा पनि निकै सचेत छिन् । श्वेता पर्याप्त पानी र जुस पिउँछिन् ।

केश तथा छालाको हेरचाह

छालाको सुरक्षाप्रति सचेत श्वेता कहिल्यै लहैलहैमा लागेर कस्मेटिक्स प्रोडक्ट प्रयोग गर्दिनन् । स्किनका लागि नियमित ट्रिटमेन्ट, क्लिन्जिङ एवं फेसियल गराइरहने श्वेता हयात होटलस्थित पार्लरको नियमित ग्राहक हुन् । केशलाई महिलाको गहना मान्ने श्वेता हेयर ट्रिटमेन्टका लागि विपिन हेयर सैलुन पुग्छिन् । उनी आफ्नो मेकअप आफैं गर्छिन् । स्मार्ट लुक्सका लागि फेयर स्किन आवश्यक हुने श्वेताको ठहर छ ।

पहिरन

श्वेता समय, ठाउँ एवं इभेन्टअनुसार आउटफिट छनोट गर्छिन् । आफूलाई केमा सजिलो र कन्फिडेन्ट महसुस हुन्छ त्यही मात्र लगाउँछिन् । उनलाई क्याजुअल वेयर, वान पिस, टप्स एवं स्कर्ट, पाइन्ट, सर्टदेखि डिजाइनर गाउन, लंग कुर्ती आदि मन पर्छन् । श्वेता प्राय: जिन्स र वान पिसमै सजिएकी हुन्छिन् । पार्टीहरूमा जाँदा भने गाउन तथा वानपिसमा युनिक डिजाइन लगाउन रुचाउँछिन् । घरको पूजाआजा तथा पार्टीतिर भने उनी ट्ेरडिसनल पहिरन लगाइरहेकी हुन्छिन् । श्वेतालाई अरूभन्दा फरक लुक्स र डिजाइनका पहिरन मन पर्छन् त्यसैले उनी विभिन्न डिजाइनरका पहिरन प्रयोग गर्छिन् । फरक पहिरन एवं स्टाइलले आफूलाई अझ फ्रेस लुक्स दिने श्वेता बताउँछिन् ।

 Image