Successfully Copied

अहिलेका युवा प्लेटफर्म चाहन्छन्

म नेपालकै पहिलो बि गर्लिङ गर्ने केटी हुँ । सुरुमा कार्टुन्ज क्रुमा आउँदा केही असहज लागेको थियो किनभने म एक्ली केटी थिएँ तर क्रमश: टिम लिडर सरोज अधिकारीको नेतृत्व क्षमताले अत्यन्तै सहज बनाउँदै लग्यो । अहिले त अझ सहयोग मिलेको छ, एकदमै रमाइलो

 

कस्तो चल्दैछ ?

 डान्स गर्न पाइरहेकी छु, रमाइलो छ । मेरो क्रु नै मेरो खुसीको स्रोत हो ।

जीवनलाई रमाइलो बनाउन के चाहिन्छ ?

 आफूले सोचेको र चाहेको कुरा गर्न पाइयो भने जीवन यसै रमाइलो हुन्छ । म डान्स, मेरो टिम र परिवारसँग असाध्यै रमाउँछु ।

तपाईंको सबैभन्दा नजिकको व्यक्ति ?

व्यक्तिभन्दा पनि कार्टुन्ज क्रु र मेरो परिवार ।

आफूसँग भएको अमूल्य चीज ?

कार्टुन्ज क्रुका टिम लिडर सरोज अधिकारी र मेरो युनिटी तथा केमेस्टी अनि मसँग भएको कडा मेहनत गर्न सक्ने खुबी र मेरो प्यासन ।

तपाईंजस्ता युवा के चाहन्छन् ?

प्लेटफर्म चाहन्छन् । प्रगतिका लागि पारिवारिक विश्वास एवं सहयोग चाहन्छन् ।

टिममा सबै केटाहरू मात्र छन्, एक्ली केटी हुँदा केही अप्ठ्यारो हुन्छ कि ?

म नेपालकै पहिलो बि गर्लिङ गर्ने केटी हुँ । सुरुमा कार्टुन्ज क्रुमा आउँदा केही असहज लागेको थियो किनभने म एक्ली केटी थिएँ तर क्रमश: टिम लिडर सरोज अधिकारीको नेतृत्व क्षमताले अत्यन्तै सहज बनाउँदै लग्यो । अहिले त अझ सहयोग मिलेको छ, एकदमै रमाइलो भैरहेको छ ।

प्रेम के हो ? तपाईं पनि प्रेममा हुनुहुन्छ ?

विश्वास, सहयोग र समझदारी हो । मेरो प्रेम परिवार, कार्टुन्ज क्रु र मलाई माया गर्ने दर्शकहरूसँग छ ।

तपाईंसँग कहिल्यै नछुट्ने चीज ?

मोबाइल, लिपिस्टिक र कम्प्याक्ट पाउडर ।

जीवनको अविस्मरणीय क्षण ?

कार्टुन्ज क्रुमा सहभागी हुन आउँदाको क्षण । पहिले म छुट्टै बि गर्लिङ प्राक्टिस गर्थें, कार्टुन्ज क्रु छुट्टै । कार्टुन्ज क्रुका टिम लिडर सरोज अधिकारीको हौसला र प्रेरणाले म यहाँसम्म आइपुगें ।

 Image