Successfully Copied

प्रिया सिग्देल, मिस नेपाल अर्थ–२०१८

नृत्य तथा यात्रामा रुचि राख्ने प्रियाले सफल सामाजिक अभियन्ता बन्ने लक्ष्य लिएकी छिन् । उक्त लक्ष्य साकार तुल्याउन पहिले सबैको नजरमा पर्नुपर्छ भन्ने मान्यताकै कारण उनले मिस नेपालमा भाग लिएकी हुन् । प्रियाले मिस नेपालमा सहभागी हुनु नै हरेक प्रकारले उपयोगी हुनु हो

डेभलपमेन्ट स्टडिजमा स्नातक गरेकी प्रिया सामाजिक अभियन्ताका रूपमा समेत सक्रिय छिन् । प्रिया एउटा गैरनाफामूलक संस्थाकी सञ्चालिकासमेत हुन् भने उनी महिनावारी–स्वच्छतासम्बन्धी अभियन्तासमेत हुन् । सिग्देलले स्विट्जरल्यान्डमा सम्पन्न ग्लोबल चेञ्ज मेकर फोरम तथा बंगलादेशमा सम्पन्न युथ एक्सचेञ्ज कार्यक्रममा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् ।

नृत्य तथा यात्रामा रुचि राख्ने प्रियाले सफल सामाजिक अभियन्ता बन्ने लक्ष्य लिएकी छिन् । उक्त लक्ष्य साकार तुल्याउन पहिले सबैको नजरमा पर्नुपर्छ भन्ने मान्यताकै कारण उनले मिस नेपालमा भाग लिएकी हुन् । प्रियाले मिस नेपालमा सहभागी हुनु नै हरेक प्रकारले उपयोगी हुनु हो भन्ने कुरा आफ्नो सामाजिक अभियानकै क्रममा अनुभव गरिसकेकी थिइन् ।

 प्रशिक्षणमा आफ्नै बारेमा थाहा पाउने मौका पाएको बताउने प्रिया आफू के बोल्दैछु, कत्तिको जिम्मेवार छु जस्ता कुरा प्रतियोगिताको प्रशिक्षणका क्रममा सिकेको बताउँछिन् । प्रशिक्षणले आफैंलाई आफ्नो अनुहार देखाउने काम गरेको उनको अनुभव छ । प्रियामा आफूले जित्छु भन्ने सोच नै थिएन । त्यसैले आफ्नो नाम घोषणा हुँदासमेत उनी ताली बजाइरहेकी थिइन् । साथीले उनैलाई बोलाइएको भनेपछि प्रिया अघि बढेकी हुन् । प्रिया भन्छिन्–सोच्दै नसोचेको जितमा खुसी पनि हुन पाएकी छैन ।

हरेक समय अन्तर्वार्ता तथा फोटोसुटमै व्यस्त हुनुपरेको छ भने मिस इकोका लागि गर्नुपर्ने तयारी उनले थालिसकेकी छिन् । प्रिया फिलिपिन्समा हुने उक्त प्रतियोगिताका लागि अघिल्ला वर्षका प्रतियोगिताहरूको फुटेज, नेसनल कस्ट्युम, भिडियोजस्ता विषयमा केन्द्रित भएकी छिन् । यसअघिका मिस नेपाल अर्थहरूसँग भेटेर उनीहरूको अनुभव, कमजोरी तथा तयारीका बारेमा सरसल्लाह लिने सोचमा छिन् उनी ।

 Image