Successfully Copied

फुर्सदमा पुस्तक

विदेशमा जति काम गरे पनि आफ्नो जन्मभूमिमा काम गरेजस्तो मज्जा कहाँ आउँछ र ? अहिले नेपाली चलचित्र पनि राम्रा बन्दै गएका छन् । अफर पनि उस्तै राम्रा पाएकीले यतै करियर बनाउने सोच बनाएकी हुँ ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?

चलचित्र ब्रेकअपको सुटिङमा व्यस्त छु । नेपालमा सुटिङ सकिएको छ । अस्ट्रेलियामा गर्नुपर्ने छायांकनको तयारीमा छु । अरू चलचित्रबाट पनि कुरा भैरहेको छ ।

तपाईंको पहिलो चलचित्र कागजपत्र होइन र ?

कामको हिसाबले कागजपत्र पहिलो हो तर प्रदर्शन मिति भने ब्रेकअपको पहिले छ । त्यसैले दर्शकहरूमाझ ब्रेकअपबाट डेब्यु हुँदैछु ।

युकेमा नाटक, विज्ञापन, नृत्य तथा हलिउड मुभीमा समेत काम गरिसकेको अनुभव हुँदाहुँदै नेपाली चलचित्रमा आउनुको कारण ?

विदेशमा जति काम गरे पनि आफ्नो जन्मभूमिमा काम गरेजस्तो मज्जा कहाँ आउँछ र ? अहिले नेपाली चलचित्र पनि राम्रा बन्दै गएका छन् । अफर पनि उस्तै राम्रा पाएकीले यतै करियर बनाउने सोच बनाएकी हुँ ।

नेपाली चलचित्रको टिम कस्तो पाउनुभयो ?

कागजपत्रमा सबैजसो थिएटरका कलाकार हुनुहुन्थ्यो । मलाई हरेक कुरामा सिकाउनुका साथै सहयोग पनि गर्नुभयो । ब्रेकअपको टिम पनि राम्रो छ । इच्छा कार्की र आशिरमान देशराजले निकै सहयोग गर्नुभयो । अब हेर्दै जाऊँ, कस्ता प्रोजेक्ट र टिम फेला पर्दै जानेछन् ।

एकदमै राम्रो लागेको चलचित्र ?

अहिलेसम्म हेरेका चलचित्र राम्रै छन् । तर वाह भन्ने चलचित्र भने हेरेकी छैन । हालसालै प्रदर्शित डमरुको डन्डिबियो चाहिँ निकै मन पर्‍यो ।

अभिनय राम्रो लागेका कलाकार ?

खगेन्द्र लामिछाने, दयाहाङ राई, अनुपविक्रम शाही, बेनिशा हमाल, आना शर्मा तथा रोजिसा शाही ।

फेसन आइकन ?

माल्भिका सुब्बा ।

फिटनेसका लागि के गर्नुहुन्छ ?

खानामा कन्ट्रोल गरेकी छु र नियमित फिटनेस क्लबमा जाँदैछु ।

कस्तो पहिरनमा हिँड्न रुचाउनुहुछ ?

टम ब्वाई स्टाइलमा हिँड्न मन लाग्छ ।

फुर्सदमा के गर्नुहुन्छ ?

पुस्तक पढ्छु अनि घरमै बसेर मुभी हेर्छु ।

 Image