Successfully Copied

कम्मरका लागि व्यायाम

सीधा उभिएर दुवै हातले कम्मरमा समाएर पछाडि झुक्ने प्रयास गर्ने । यो व्यायाम पनि दिनको दस पटक गर्नुपर्छ । यसबाट कम्मर, काँध तथा घाँटीको पीडामा पनि आराम मिल्छ ।

-    उत्तानो परेर सुत्ने र खुट्टालाई उठाएर कम्मरलाई पाँच सेकेन्डसम्म हावामा त्यसै छोडिदिने । दिनहुँ यो व्यायाम बिहान–बेलुकी नियमित रूपमा दस पटक गर्नुपर्छ । यसले कम्मर तथा पिठ्युँको पीडामा आराम पुर्‍याउँछ ।

-    पेटमा बल पर्ने गरी हातले जमिनमा टेकेर छाती तथा टाउको माथितिर उठाउने । यो व्यायाम बिहान–बेलुकी दिनको दस पटक नियमित रूपमा गर्नुपर्छ ।

-    सीधा उभिएर दुवै हातले कम्मरमा समाएर पछाडि झुक्ने प्रयास गर्ने । यो व्यायाम पनि दिनको दस पटक गर्नुपर्छ । यसबाट कम्मर, काँध तथा घाँटीको पीडामा पनि आराम मिल्छ ।

घुँडासँग सम्बन्धित व्यायाम

-    पिठ्युँलाई सीधा पारी उत्तानो परेर घुँडामुनि रुमालको तीन इन्च अग्लो रोल राख्ने । पाँच सेकेन्डसम्म घुँडालाई दबाइरहने अनि बिस्तारै छोड्ने । यो प्रक्रिया लगातार दस पटकसम्म गर्ने ।

-    सीधा सुतेर खुट्टालाई ४५ डिग्रीको कोणमा उठाउने । दस सेकेन्डसम्म खुट्टालाई त्यस्तै स्थितिमा राख्ने । यो प्रक्रिया दस पटकसम्म दोहोर्‍याउने ।

 Image