Successfully Copied

होममेड हेयर प्याक र मास्क

केशमा ओलिभ आयल लगाउनुपर्छ । २० मिनेटसम्म प्लास्टिक ब्यागले छोपेर राख्ने । यो बीच हल्का तातोपानीले नुहाउने । तातोपानीका कारण तेल बढी प्रभावकारी हुन्छ र डिप कन्डिसनिङमा मद्दत गर्छ । २० मिनेटपछि स्याम्पु गर्ने ।

    फलामको भाँडामा अमलाको धूलोलाई राम्रोसँग भिजाएपछि त्यसलाई केशमा लगाउने । यसबाट केश स्वस्थ एवं कालो हुन्छ ।

    तीतेकरेलाको पात पिसेर त्यसको रस निकाली टाउकोमा लगाउने । यो उपाय २–३ महिनासम्म नियमित अवलम्बन गर्दा केश स्वस्थ हुन्छ ।

    स्वस्थ र चम्किलो केशका लागि पानीमा कागतीको रस मिसाएर केश धुन सकिन्छ ।

    दही र अण्डा मिसाएर तयार पारिएको पेस्टलाई केशमा लगाउने अनि सुकेपछि चिसो पानीले धुने ।

    सातामा एकपटक केशमा नरिवलको दूध लगाउनुपर्छ । यसका लागि पहिले केशमा नरिवलको दूध हाली मसाज गर्नुपर्छ । सुकेपछि कुनै माइल्ड स्याम्पुले केश पखाल्ने ।

    १५ दिनमा एकपटक स्याम्पु गरेपछि पानीमा मह र कागतीको रस मिसाएर केशमा हाल्नुपर्छ । यो राम्रो हेयर रिन्स हो ।

चायाँयुक्त केशका लागि हेयर मास्क

    केशको जरामा तीन चम्चा भिनेगर लगाएर मसाज गर्ने । सुकेपछि केश पखाल्ने । जबसम्म चायाँ पूर्णरूपले हट्दैन, तबसम्म नियमित रूपमा यो उपाय अवलम्बन गरिरहनुपर्छ ।

    आफ्नो डेन्ड्रफ स्याम्पुमा दुईवटा एस्पिरिन घोलेर हाल्ने । डेन्ड्रफ निर्मूल हुन्छ ।

    एक मुठी मेथी रातभरि पानीमा भिजाएर राख्ने । भोलिपल्ट बिहान उक्त पानीका साथमा मेथीलाई पिसेर पेस्ट बनाउने । केशमा लगाएर १० देखि २० मिनेट छोड्ने । त्यसपछि कुनै माइल्ड स्याम्पुले केश पखाल्दा चायाँ हट्छ ।

तैलीय केशका लागि हेयर मास्क

    जब केश ओयली हुन्छ र स्याम्पुका लागि समय छैन भने कर्नफ्लोर प्रयोग गर्नुपर्छ । पहिले काइँयो प्रयोग गरी केशलाई सेन्टर पार्टिङ गर्ने । अब एउटा बाउलमा कर्नफ्लोर लिएर ब्लस ब्रसले केशको बीच–बीचमा तथा केशको जरामा लगाउने । १० मिनेटपछि काइँयोले केश झारी कर्नफ्लोर हटाउने, केश फेरि सुन्दर देखिन्छ ।

    तुरुन्तै केशको चिपचिपबाट छुटकारा प्राप्त गर्न थोरै टेलकम पाउडर केशको जरामा प्रयोग गर्न सकिन्छ ।

सुख्खा केशका लागि हेयर मास्क

    एउटा अण्डामा तीन चम्चा मह मिसाएर फिट्ने । यसलाई स्काल्प तथा केशमा प्रयोग गर्नुपर्छ । आधा–एक घन्टापछि स्याम्पु गर्ने ।

    पूर्णरूपले पाकेको एउटा केरा म्यास गरी त्यसमा एक चम्चा क्रिम र एक चम्चा मह मिसाएर राम्रोसँग घोल्ने अनि केशको जरादेखि टुप्पासस्म दलेरर सावर क्याप लगाउने । अब तातोपानीमा भिजेको टाबेलले शिर छोप्ने । यो मिश्रणलाई करिब एक घन्टा केशमा रहन दिनुपर्छ । अन्त्यमा मनतातो पानीले धोएर स्याम्पु गर्ने ।

    सुख्खा केशमा मेयोनिजको कोट लगाउने । १०–२० मिनेट सावर क्यापबाट छोपेर त्यसपछि पखाल्ने ।

    केशमा ओलिभ आयल लगाउनुपर्छ । २० मिनेटसम्म प्लास्टिक ब्यागले छोपेर राख्ने । यो बीच हल्का तातोपानीले नुहाउने । तातोपानीका कारण तेल बढी प्रभावकारी हुन्छ र डिप कन्डिसनिङमा मद्दत गर्छ । २० मिनेटपछि स्याम्पु गर्ने ।

मेहन्दीको हेयर प्याक : दस ग्राम मेहन्दी, ५ ग्राम सिकाकाई, ५ ग्राम अमला, ५ ग्राम ब्राह्मी, २–२ ग्राम मूलतानी माटो, कफी पाउडर, आधा चम्चा बेसार, ५ चम्चा भृंगिराज पाउडर, एउटा अण्डा तथा एक कप दही मिसाएर केशमा राम्रोसँग मिसाउने । दुई घन्टापछि धोएर स्याम्पु गर्ने । यसबाट केशको जरा बलियो तथा स्वस्थ रहन्छ ।

अमला–सिकाकाई हेयर प्याक : दुईवटा अण्डा, दुईवटा म्यास गरिएका केरा, दुई–दुई चम्चा अमला, रिठा र सिकाकाई पाउडर, दुई चम्चा मेथी पाउडर । सम्पूर्ण सामग्रीलाई ब्लेन्ड गरी केशको जरादेखि शिरसम्म राम्रोसँग लगाउने । ४५ मिनेटसम्म प्याकलाई केशमा राखेर छोड्ने । त्यसपछि स्याम्पु गर्ने । यो हेयर प्याकले केशलाई पोषण प्रदान गरी नरम बनाउँछ ।

कान्तिहीन केशका लागि हेयर प्याक : दुईवटा अण्डा, एक कप ताजा गाढा दही, एक चम्चा बदामको तेल, एक चम्चा जैतुनको तेल, एक चम्चा अरन्डीको तेल, एक कप मेहन्दी पाउडर, एक चम्चा सिकाकाई पाउडर मिसाएर राम्रोसँग फिट्ने । यसलाई गाढा वा पातलो गर्न आवश्यकताअनुसार दही वा मेहन्दी पाउडर मिसाउन सकिन्छ । यो हेयर प्याक केशमा ३० मिनेटसम्म त्यसै छोड्नुपर्छ । त्यसपछि स्याम्पुले केश धुने । कान्तिहीन केशमा प्राण सञ्चार हुन्छ ।

ओयली केशका लागि हेयर प्याक : एक चम्चा मेहन्दी, एक चम्चा रिठ्ठा पाउडर, एक चम्चा अमला, एक–एक चम्चा कपूर, निम पाउडर, सुन्तला पाउडर, मेथी पाउडर, हर्रो पाउडर, बर्रो पाउडर, एउटा कागतीको रस तथा एक कप दही मिसाउने । आवश्यकताअनुसार पानी मिसाएर पेस्ट तयार गरी केशको जरासम्म लगाउने अनि ३० मिनेटपछि पखाल्ने ।

स्पेशल हेयर प्याक : एक चम्चा अमला, एक चम्चा रिठा पाउडर, एक चम्चा सिकाकाईलाई एक कप पानीमा धोलेर कुनै फलामको भाँडामा रातभरि छोड्ने । यो प्याक लगाएर भोलिपल्ट बिहान पानीले पखाल्नुपर्छ भने यसबाट केश बलियो, नरम तथा आकर्षक देखिन्छ ।

 Image