Successfully Copied

नेपाली संस्कारमा रातो रंगलाई शुभ मानिन्छ

अहिले रातो र पहेंलोको बीचको कलर अर्थात् भ्याम्पायर कलरको लिपिस्टिक बढी चलेको छ भने ब्लसरमा पिंक, नेलपोलिसमा पनि विभिन्न कलरयुक्त तथा आइलाइनर र मस्कारामा पनि कालो मात्र नभएर नीला रंग समेत चल्तीमा छन् । यी सबलाई हेर्दा नेपाली कलर कस्मेटिक्सको मार्केटलाई नराम्रो भन्न

कलर कस्मेटिक्स के हो ?

सौन्दर्य प्रसाधन नै हो तर त्यसभित्र पनि ब्राइट कलरयुक्त सौन्दर्य प्रसाधनलाई कलर कस्मेटिक्स भनिन्छ । यस्ता कस्मेटिक्स यही नै ब्रान्डको भन्दा पनि आफ्नो छालाको प्रकृति र टोनअनुसार

खरिद गर्नुपर्छ ।

यस्ता प्रसाधन कस्ता समारोह वा कार्यक्रमका लागि उपयुक्त हुन्छन् ?

विशेषत: दिनको समयमा न्युड मेकअप नै राम्रो हुन्छ । कलर कस्मेटिक्सको प्रयोगबाट गरिने मेकअप राति पार्टी, विवाह पार्टी तथा राति हुने ठूला समारोहहरूका लागि उत्तम हुन्छन् ।

विवाहमा करिब शतप्रतिशत कलर कस्मेटिक्स प्रयोग हुन्छ यो राम्रो हो ?

हामी नेपालीहरूको विवाहमा धेरैले रातो आइस्याडो प्रयोग गरेको पाइन्छ तर यो स्वास्थ्यका दृष्टिकोणले त्यति राम्रो होइन । यसले आँखाको शक्ति क्षिण बनाउँदै लाने विशेषज्ञहरू बताउँछन् । सौन्दर्य प्रसाधन उत्पादन गर्ने अति उच्च गुणस्तरीय ब्रान्डले कतै रातो रंगको आइस्याडो उत्पादन गरेको पाइएको छैन । हाम्रो नेपाली कल्चरमा रातो रंगलाई शुभ मानिने भएकाले विवाहमा कलरफुल मेकअप नै उपयुक्त हुन्छ ।

नेपालमा कलर कस्मेटिक्सको बजार कस्तो छ ?

अहिले रातो र पहेंलोको बीचको कलर अर्थात् भ्याम्पायर कलरको लिपिस्टिक बढी चलेको छ भने ब्लसरमा पिंक, नेलपोलिसमा पनि विभिन्न कलरयुक्त तथा आइलाइनर र मस्कारामा पनि कालो मात्र नभएर नीला रंग समेत चल्तीमा छन् । यी सबलाई हेर्दा नेपाली कलर कस्मेटिक्सको मार्केटलाई नराम्रो भन्न मिल्दैन ।

कलरफुल सौन्दर्य प्रसाधनका कुनै साइड इफेक्ट्स पनि छन् कि ?

ब्रान्डेड सामानमा कहिल्यै कुनै साइड इफेक्ट्स हुँदैन किनभने यी शतप्रतिशत ल्याब टेस्टबाट गुज्रन्छन् । यहाँ त नक्कल गर्ने प्रवृत्तिले बिगारेको छ । हाइ ब्रान्डको नाममा उस्तै देखिने नक्कली प्रसाधन बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । उस्तै नाम गरेका नक्कली प्रसाधनमा के–के मिसावट हुन्छ भन्न सकिँदैन अनि ब्रान्डको बदनाम हुन्छ । त्यसका साइडइफेक्ट्स पनि उत्तिकै हुन्छन् ।

 Image