Successfully Copied

केशका बारेमा

नुहाउँदा हामी बाथरुममा केश झरेको देख्छौं । यसमा अचम्म मान्नु पर्दैन । हरेक पटक केश नुहाउँदा हामी ४० देखि १ सय ५० वटा रौं गुमाइरहेका हुन्छौं । ३५ वर्षमुनिका करिब ५० मिलियन अमेरिकी महिलाले केशमा बढी केमिकल प्रयोग गरेका कारण आफ्नो सुन्दर केश

 

    १८ वर्षमाथिका करिब ४० प्रतिशत महिलामा केश झर्ने समस्या हुन्छ । जुन टाउकाको मध्यभागबाट सुरु हुन्छ ।

    ३५ वर्षमुनिका करिब ५० मिलियन अमेरिकी महिलाले केशमा बढी केमिकल प्रयोग गरेका कारण आफ्नो सुन्दर केश गुमाउँदै जानुपरेको छ ।

    ८१ प्रतिशत महिलामा तनाव, अनिद्रा, मद्यपान–धूम्रपान आदिको सेवन तथा लागूपदार्थ सेवनका कारण केशको समस्या सिर्जना हुने गरेको छ ।

    ८० प्रतिशत एसियन महिलाको केश भने त्यति धेरै समस्याग्रस्त छैन ।

    ४० मिलियन अर्थात् ५० प्रतिशत महिला उपचारपछि केशमा क्रमिक रूपमा सुधार आएको बताउँछन् ।

    कालो केश विश्वमै प्रख्यात छ । संसारभरको जनसंख्यामध्ये १ प्रतिशत महिलाको केश रातो तथा २ प्रतिशतमा ब्लोन्ड हेयर कलर छ ।

    आम समयभन्दा भिजेको समयमा केश ३० प्रतिशत बढी तन्किन्छ ।

    नुहाउँदा हामी बाथरुममा केश झरेको देख्छौं । यसमा अचम्म मान्नु पर्दैन । हरेक पटक केश नुहाउँदा हामी ४० देखि १ सय ५० वटा रौं गुमाइरहेका हुन्छौं ।

    सन् १९५० सम्म मात्र ७ प्रतिशत महिलाले केश रंगाउँथे तर सन् २०१५ सम्म आइपुग्दा ७५ प्रतिशतभन्दा बढी महिलाले केश रंगाउन थालेको पाइन्छ ।

    महिलाको केश कुमसम्म आइपुग्न ३ वर्ष तथा कम्मरसम्म आइपुग्न ७ वर्ष लाग्छ ।

 केश ५० प्रतिशत कार्बन, २१ प्रतिशत अक्सिजन, १७ प्रतिशत नाइट्रोजन, ७ प्रतिशत हाइड्रोजन तथा ५ प्रतिशत सल्फर मिलेर बनेको हुन्छ ।

 Image