Successfully Copied

महिलामाथिको बोझ कसरी कम गर्ने ?

गाउँका महिलामा अझैंसम्म पनि पुरुषको तुलनामा तेहोरो कामको बोझ छ । प्राय: पुरुष कामका सिलसिलामा विदेश जाने हुँदा उनीहरूको काम पनि महिलाले नै थेग्नु पर्ने बाध्यता छ । यस्ता घरका महिलाहरू भलै व्यावसायिक नहून् तर कामको चाप चौब्बर हुन्छ ।

 

महिलाहरू चौतर्फी जिम्मेवारीले घेरिएका हुन्छन् । गृहिणी मात्रलाई पनि दोहोरो कामको बोझ हुन्छ । बालबालिकाको रेखदेख, घरपरिवार चलाउनुपर्ने, इष्टमित्र एवं आफन्तसँगको सम्बन्ध व्यवस्थापन तथा घरमा हुने विविध कार्यक्रम, पूजाआजा, पास्नी, व्रतबन्ध एवं चाडपर्व मनाउने क्रममा महिलाकै विशेष भूमिका हुन्छ । समाज परिवर्तन त हँुदैछ तर आमनेपाली परिवेशमा पुरुषहरूले कमाएर ल्याउने अनि महिलाले घरेलु व्यवस्थापन मिलाउनुपर्ने चलन यथावत् छ । कामकाजी महिलाहरू त अझ तेहोरो कार्यबोझले थिचिएका छन् । घर, कार्यालय, बालबालिका मात्र होइन सामाजिक हुनुपर्ने बाध्यताले समेत महिलाहरूलाई शारीरिक तथा मानसिक रूपमा थकित त बनाउँछ नै उनीहरू आफ्ना लागि समय निकाल्न समेत असमर्थ हुन्छन् । यी सारा झमेला पार गरेर पनि आजका महिलाहरू व्यावसायिक दक्षता हासिल गर्न सक्षम साबित हुँदै गएका छन् । महिलामा भएका यी बोझ कसरी कम गर्न सकिन्छ भन्ने विषयमा यसपटकको नारी बहस :

युएसएआइडीअन्तर्गतको हरियो वन कार्यक्रमले सन् २०१५ मा गरेको एक सर्वेक्षणले बायोग्यासको प्रयोगले महिलाहरू दाउरा खोज्न जंगल जानुपर्ने तथा अंगेनामा एक घन्टा लगाएर चिसो चुल्होको धूवाँमा कठिन समय बिताउनुपर्ने झन्झटबाट मुक्ति पाएको तथा यसका कारण उनीहरूमा कामको बोझ दोब्बरजस्तो घटेको देखाएको छ। बायोग्यासबाट खाना पकाउँदा महिलाको स्वास्थ्य पनि सुधारिएकाले यसको परिणाम प्रभावकारी देखिएको छ । सन् १९९९ मा इफादले गरेको एक सर्वेक्षणले पहाडी क्षेत्रका महिलाहरू दैनिक १६ घन्टा काममा जोतिने र पुरुषहरूले दैनिक ९ घन्टा मात्र काम गर्ने देखाएको छ । अझ पुरुषहरू विदेश जाने हुँदा महिलाहरूको दैनिक जीवनथप जटिल भएको उक्त शोधमा उल्लेख छ । घरमा पुरुष नहुँदामहिला आफैंले हलो जोत्ने, घर छाउने,घाँस, दाउरा, मेलापात, गाईगोठालो एवं ढिकीजाँतोआदि काममा समेतसहभागी हुनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको पाइएको छ ।

रुक्मिणी आचार्य, व्यवसायी

व्यापार भनेको यस्तो क्षेत्र हो जहाँ एक सेकेन्ड पनि फुर्सद हुँदैन । यति गरेर पनि महिलाले घरमा पकाउने, ख्वाउने, सरसफाइ गर्ने, बालबच्चा स्याहार्ने आदि काम गर्नैपर्छ । महिलाहरू कामैकामले थिचिएका छन् । यस्तो बेला श्रीमान्ले सहयोगी भूमिका निर्वाह गरिदिनुपर्छ । व्यावसायिक महिलाहरूले घरायसी काममा इलेक्ट्रिक मेसिनहरू प्रयोग गर्न सक्छन् । त्यतातिर पनि महिला आफैंले सोच्ने हो कि ? आफूलाई सजिलो हुने कुरामा आफैंले निर्णय लिनुपर्छ अर्काको भर परेर बस्नु हुँदैन । म श्रीमती हुँ यो काम छोरा वा श्रीमान्लाई गर्न दिनु हुँदैन भन्ने हाम्रो आफ्नै बानीका कारण पनि दु:ख पाइन्छ । आफूमा भएको बोझ कम गर्न महिला स्वयं बोल्ड हुनु पनि जरुरी छ ।

तारा शाही, शिक्षिका, श्रीजन ज्योति मा.वि., बारकोटे, जुम्ला

गाउँका महिलामा अझैंसम्म पनि पुरुषको तुलनामा तेहोरो कामको बोझ छ । प्राय: पुरुष कामका सिलसिलामा विदेश जाने हुँदा उनीहरूको काम पनि महिलाले नै थेग्नु पर्ने बाध्यता छ । यस्ता घरका महिलाहरू भलै व्यावसायिक नहून् तर कामको चाप चौब्बर हुन्छ । घरमा बालबालिका हुर्किसकेका छन् भने त भातभान्साको काममा सघाउँछन् । उनीहरू पनि छैनन्भने त महिलाहरू कामैले मर्छन् । महिलामा कामको बोझ कम गर्न घरभित्रै कार्य विभाजन त छँदैछ त्यसबाहेक सरकारले पनि महिलाका लागि सहज हुने प्राविधिक सुविधाहरू उपलब्ध गराउनुपर्छ । सुधारिएको चुल्हो वा गोबर ग्यासमा अनुदान, कृषक महिलालाई सघाउन पुग्ने अत्याधुनिक प्रविधि (हाते ट्रयाक्टर) आदि उपलब्ध गराउन सकेको खण्डमा महिलालाई थोरै भएपनि राहत हुने थियो ।

राधा ढकाल, फेसन डिजाइनर इगल आइज बुटिक

नेपाली महिलामा कामको दोहोरो बोझ त छँदैछ विभिन्न व्यवहार एवं तिनको तामझाम सल्टाउनुपर्ने हुँदा तनाव पनि बढी नै छ । यस्तो अवस्थामा कामकाजी श्रीमती छिन् भने श्रीमान्ले पनि उत्तिकै सहयोग गरिदिनुपर्छ । चाडपर्वकै कुरा गरौं महिला पाहुना सत्कार एवं भान्सामा थकित हुने अनि पुरुषहरू खानपिन गरी रमाइलो गर्ने ट्ेरन्ड अब परिवर्तन हुनैपर्छ । महिलालाई पनि रमाउन–खुसी हुन मन लाग्छ । महिला स्वयंले पनि आफू रमाउन सक्ने कुरामा सहभागी भै आफ्नो मानसिक बोझ कम गर्न सक्छन् । आफ्ना लागि समय निकालेर मुभी हेर्न जाने, मनपर्ने पहिरन तयार गराउने तथा कतै घुमघाममा निस्कने व्यवहारले दिमागी बोझ कम हुन्छ ।

सिन्धु अर्याल, निर्देशक,

ओ टु फेसियल वक्र्स एण्ड बडी सेपिङ केएल टावर

महिलाले आफूमा भएको बोझ कम गर्न आफूलाई माया गर्ने, शरीरको स्याहार गर्ने, शारीरिक एवं मानसिक रूपमा सहज एवं खुसी हुने काम गर्नुपर्छ । तनको स्याहार र मनको ख्याल राख्ने हो भने शरीर स्वस्थ हुन्छ भने मस्तिष्कत्यसै चंगा रहन्छ । अर्को कुरा स्ट्ेरस कम गर्न आफूलाई मेन्टेन गर्नैपर्छ । रिल्याक्सेसन सर्भिसद्वारा यो सम्भव छ जसले शारीरिक एवं मानसिक बोझ कम गर्छ ।

आफ्नो शरीरलाई फुर्तिलो राख्न आफ्नो स्याहार गर्ने तथा आफ्ना लागि क्वालिटी टाइम बिताउने ताकि उक्त समयमा आफ्नो रुचिका क्रियाकलापमा सहभागी हुन पाइयोस् । रिल्याक्सेसनका लागि हेल्थ क्लब वा स्पा जाने, ब्युटी ट्रिटमेन्ट गराउने तथा शरीरलाई स्वस्थ राख्ने क्रियाकलापले हामीलाई रिफ्रेस महसुुस गराउँछ ।

 Image