Successfully Copied

गंगालालमा कार्डियाक सिटी स्क्यान

सिटी स्क्यान गर्दा बिरामीको भित्री अंगको तस्बिर धेरै राम्रो खिच्ने यो उपकरणबाट मुटु वा शरीरका अन्य भागमा के भएको छ सजिलै पत्ता लगाउन सकिन्छ । यसको प्रयोग खासगरी मुटु, मुटुका धमनी, मस्तिष्क, फोक्सोका समस्या आदि पत्ता लगाउन हुनेछ ।

बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रले नेपालमै पहिलो पटक उच्च क्षमताको कार्डियाक सिटी स्क्यान मेसिन संचालनमा ल्याएको छ । गत महिना गंगालालले मुुटु रोग, धमनीलगायतका अन्य समस्या समयमै पहिचान गर्न ६४० स्लाइस क्षमताको एक्विलियोन वान कार्डियाक सिटी भित्र्याएको हो ।

सिटी स्क्यान गर्दा बिरामीको भित्री अंगको तस्बिर धेरै राम्रो खिच्ने यो उपकरणबाट मुटु वा शरीरका अन्य भागमा के भएको छ सजिलै पत्ता लगाउन सकिन्छ । यसको प्रयोग खासगरी मुटु, मुटुका धमनी, मस्तिष्क, फोक्सोका समस्या आदि पत्ता लगाउन हुनेछ ।

यो उपकरण धेरै बेरसम्म सास रोक्न नसक्ने बिरामीका लागि समेत लाभदायक छ । स्क्यान गर्दा तीन सेकन्डमै क्लियर इमेज दिन्छ । चिकित्सकहरूका अनुसार यो अत्याधुनिक प्रविधि भएका कारण अब आकस्मिक अवस्थामा आएका मुटुका रोगीको समस्या समयमै पहिचान गरेर उपचार अघि बढाउन सहज हुनेछ ।

 Image